मोरङमा २२ जना थपिएको अवस्थामा प्रदेश १ मा संख्या ३९७ पुग्यो

मोरङमा २२ जना थपिएको अवस्थामा प्रदेश १ मा संख्या ३९७ पुग्यो

विराटनगर, असार २ ।  प्रदेश नम्बर १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन ।

मोरङमा २२ जना त्यस्तै झापाको मेचीनगरमा १ जना, सुनसरीको बर्जु गाउँपालिकामा १ जना र सुनसरीकै बराहक्षेत्रमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।

सुनवर्षी– ८ हरिचनगढीमा रहेको मदर्शामा बस्दै आएका १९ जना र मस्जिदमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्