गाँउगाँउमा विकासले गति लिदै, मोरङको मिक्लाजुङमा विकासको मुहार फेरिदै

गाँउगाँउमा विकासले गति लिदै, मोरङको मिक्लाजुङमा विकासको मुहार फेरिदै

प्रेम देवान
टाडी । उत्तरी मोरङको मिक्लाजुङ गाँउपालीकामा यतिबेला विकासले गति लिदै छ । सडकदेखी विजुली र खानेपानीको लागी समेत काम यतिबेला तिव्र गतिमा अगाडी बढीरहेको छ ।

अहिले मिक्लाजुङ गाँउपालिका भित्र पर्ने किसानचौक – टाँडी – रमिते आईतबारे सडक खण्डको विस्तार धमाधम भईरहेको छ ।
भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर एकको आयोजनामा मिक्लाजुङ टाँडी ६ र १ को विचमा पर्ने मित्लु खोलादेखि रमिते आईतबारे सम्मको सडक निर्माणको कार्य यतिबेला तिव्र गतिमा अगाडी बढीरहेको छ ।

उत्त स्थानमा लकडाउनका कारण बाहिरबाट आउने कामदारहरुबाट कोरोना भाइरसको उच्च जोखिम बढ्ने भएका कारण स्थानिय युवाहरुलाई परिचालित गरेर विकासका काम अगाडी बढाईरहेको छ ।
बाहिरबाट कामदार ल्याउदा कोरोनाको जोखिम बढ्ने भएका कारण आफुलेहरु यहीका स्थानिय युवाहरुलाई परिचालित गरेर काम गरिरहेको ठेकेदार मिनकुमार तामाङले बताए । प्रदेश नम्बर एकका सासद कुल बहादुर लिम्बुले आफ्नो निर्वाचन क्षेत्रमा बहुबर्षिय योजना अन्र्तगत उक्त सडक र मित्लु खोलाको पुल निर्माणको लागी छानेका थिए । करिब १९ किलोमिटर सडकको निर्माण ठेक्का पाएको भक्तपुरको शर्मा भिमेश्वर जेभी कन्ट्रक्सनले करिब ४५ प्रतिशत काम गरिसकेको छ । झन्डै ५९ करोडको ठेक्का पाएको कम्पनीले अहिले दिनरात गर्दै सडकको कल्र्भट , नाला, होम पाईप र वेस बनाउने काम गरिरहेको छ । मित्लुखोलादेखी चौतारा सम्म ७ मिटरको पिच हुन्छ भने बताहा खोलादेखी रमिते आईतबारेसम्म साढे ५ मिटरको पिच गरिने योजना छ ।

मित्लुखोलादेखी जङगलको बाटो हुदै सुन्दरी चोक , धोवेनी हुदै विमला चौकबाट ओखढुङ्गाको बाटो हुदै रमिते आईतबारे पुग्छ । केही समय अघि सम्म विजुलीको समेत नपुगेको स्थानमा अहिले विजुली पनि पुगेको छ । जसले गर्दा स्थानियलाई धेरै नै राहत पुगेको छ । ठेक्का लिएको कम्पनीले सम्झौता गरेको ८ महिनाको अवधीमा ४५ प्रतिशत काम भईसकेको पूर्वाधार विकास कार्यालय मोरङका सिनियर डिभिजनल ईन्जिनियर शुशिल श्रेष्ठले जानकारी दिए ।
करिबा ५८ करोड ६७ लाखमा जेभी कम्पनीले ठेक्का लिएको सडक निर्माण कार्यलाई तिव्र रुपमा अगडी बढाउदै श्रेष्ठको भनाई छ । कल्र्भड र ह्युमपाईदेखी ट्रयाक खोल्ने कामसँगै वेसको काम भईरहेको श्रेष्ठले जानकारी दिए । आगामी बर्ष २०७८ असार भित्रै काम सक्ने ईन्जिनियर श्रेष्ठले दावी गरे ।

बन्दै गरेको सडक प्रदेश नम्बर एकै नमुना सडक बन्ने त्यही क्षेत्रबाट निर्वाचित सांसद कुल प्रसाद लिम्बुले बताए । यस सडकले पहाड र तराई दुवै क्षेत्र छुने भएकाले यो भेडेटारपछिको सुन्दर पर्यटकिय स्थाल बन्न सक्ने सांसद लिम्बुले दावी गरे । गाँउमा पहिलो पटक यसरी विकासको कामले गति लिईरहदा भने स्थानिय हर्षित देखिन्छन् । आफुले जीवनमा यस्तो खालको परिवर्तन हुन्छ होला भनेर कल्पना समेत नगरेको स्थानिय महेश लिङदेन बताउछन् ।
मिक्लाजुङ गाँउपालीकामा विकासको काम अगाडी बढ्दै जादैछ । केही समय अगाडी सम्म सानो कच्ची सडकलाई ठूलो बनाउने काम भईरहेको छ । विजुली बत्तिको लागी पनि स्थानिय गाँउले जुटिरहेका छन् । विजुली बत्तीको पोलका लागी भने स्थानिय गाँउले आफैले रुखहरु जुटाएर काम गरिरहेका छन् । काठको पोल खासै टिकाउ नहुने स्थानिय मनबहादुर लिम्बुले गुनासो गरे ।

स्थानिय तहले अन्य तिर फलाम र सिमेन्ट पोल दिनेगरेको तर आफुहरुलाई भने आफैले जुटाएको काठको पोल भएका कारण चाडै नै भत्किने सम्भावना हुने स्थानियकोे बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्