मोरङमा ८ जना संक्रमित थपिए

मोरङमा ८ जना संक्रमित थपिए

विराटनगरमा । मोरङमा शनिबार थप ८ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङको रतुवामाई नगरपालिका २, ३ र ४ नम्बर वडाका  ८ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टीनमा बसेका नागरिकमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिइएको छ । उनीहरुलाई उपचारका लागि आईसोलेशन अस्पताल भर्ना गर्ने काम भईरहेको छ ।
योसँगै मोरङमा संक्रमित हुनेको संख्या ११६ जना पुगेको छ । यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा झापाका १ र सुनसरीका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्