विराटनगर । मोरङ सुनवर्षी नगरपालिका ५ रमनपुर टोलका महादेवलाल दासको चट्याङ्ले ज्यान लिइएको छ ।
आफ्नै खेतमा काम गरिरहेका बखत अन्दाजी ७० बर्षका दासको चट्याङ्ले लागेर मृत्यु भएको हो ।
बिहीबार बिहानैदेखि अबिरल वर्षा परिरहेको छ । मोरङ प्रहरीका अनुसार दासलाई चट्याङले लागेको खबरपछि डाइनिया प्रहरी परिचालन भएको थियो ।