कोशीबाट थप १४ जनाले जिते कोराना

कोशीबाट थप १४ जनाले जिते कोराना

विराटनगर । विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचारतः झापाका ६, मोरङका ४, सुनसरीका ३ र पाँचथरका १ जनाले कोरोना भाईरस परास्त गरि सोमबार डिस्चार्ज भएका हुन् ।


डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म उनीहरु भर्ना भएका व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताए ।


प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्