विराटनगरमा प्रदेश प्रयोगशाला र उर्लाबारीमा क्वालिटी टेस्टिङ ल्याब सञ्चालनमा ल्याईने

विराटनगरमा प्रदेश प्रयोगशाला र उर्लाबारीमा क्वालिटी टेस्टिङ ल्याब सञ्चालनमा ल्याईने

विराटनगर । प्रदेश सरकारले प्रदेशस्तरीय प्रयोगशाला र गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ ।
प्रदेश सरकार मन्त्री परिषद्को मंगलबार साँझ बसेको बैठकले विराटनगरमा प्रदेश प्रयोगशाला स्थापना गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई अनुमति प्रदान गरेको हो ।

अन्तराष्ट्रिय मापदण्डको ल्याब स्थापनाको लागि सामाजिक विकास मन्त्रालयले त्यसको तयारी गरिरहेको छ । यसैगरी उर्लाबारीस्थित मदन भण्डारी प्रतिष्ठान नेपाल उर्लाबारीमा गुण परीक्षण प्रयोगशाला स्थापना गरिने भएको छ । प्रदेश सरकरको सहयोगमा प्रतिष्ठानले ल्याब सञ्चालनमा ल्याउने छ । यसले खाद्यसँग सम्बन्धित गुण परीक्षण गर्नेछ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार बैठकले पाँचवटा निर्णय गरेका हुन् ।
प्रदेश सवारी तथा यातायात व्यवस्था गर्न बनेको एने २०७६ लाई संशोधन गर्न बनेको ऐन स्वीकृति, प्रदेश प्रहरी सम्बन्धि बनेको बनेको विधेयक २०७७ लाई प्रदेशसभामा पेश गर्ने अनुमति र प्रदेश सेवाका कर्मचारी पदास्थापन तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ लाई दोस्रो संशोधन गर्न बनेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्