हुलाकी राजमार्ग : बाइपास कट्नै मुश्किल

हुलाकी राजमार्ग :  बाइपास कट्नै मुश्किल

रविन्द्र बराल
रंगेली । मोरङको रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत हुलाकी सडक हिलाम्मे हुँदा सर्वसाधारणले सास्ती बेहोर्न बाध्य भएका छन् ।
केही दिनदेखिको अबिरल बर्षाका कारण सडक हिलाम्य भएपछि स्थानीयलाई आवतजाबतमा समस्या परेकोे हो ।

गजुरमुखि मोतीदान जेभि बानेश्वरले सुनबर्सिको झिङ्गि टोल देखि रतुवाखोलाको पुलसम्म र धनपालथना गाउँ पालिकाको मंङ्लबारेदेखि कटहरीसम्मको सडक निर्माण गर्न सुरु गरेता तोकिएको बाइपास सडकमा आउजाउ गर्न कठिनाई हुने गरेको हो । जिर्ण रहेका बाईपास सडकमा सुनबर्सि नगरपालिकाको झपडतल, धनपालथनाको कदमाहा चोकबाट आउजाउ कष्टकर रहेको छ। ठेक्केदारको लापरबाहिका कारणले गर्दै स्थानीयले दुख पाएको र बाईपास बाटो समेत खोला बगेपछि उक्त स्थान बाट आवत जावतमा निकै समस्या परेको मारुती चालक दिपेन मंन्डलले बताए ।

हुलाकी सडक निर्माण गर्ने क्रममा बाईपास बाटो समेत राम्रो नभएको कारण ले गर्दा ठुला तथा साना सवारीसाधन साईकल, मोटरसाईकल तथा पैदल यात्री हरुलाई आवत जावत गर्दा निकै समस्या परेको उनले बताए । गजुरमुखि मोतीदान जेभि बानेश्वरका क्न्ट्याक मेनेजर राजेश बोहराका अनुसार बाईपास बाटोे बनाएता पनि उक्त सडक हिलाम्मे भएको हो । उनले निर्माणाधिन सडकमा कल्भर्ट निर्माण गर्नुपर्ने भएपछि बाइपासको विकल्प दिइएको थियो । तर, पानी पर्न थालेपछि त्यहाँ अत्याधिक हिलो भएको हो ।
बोहराले धेरै स्थानमा कल्भटहरु निर्माण भईसकेको र अबको केही दिनमा उक्त कल्भट हरु सन्चालनमा ल्याउने तयारी भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्