उदय यादब
राजधानी लगायत देशका प्रमुख शहरहरुमा स्वास्थ्यको चेतना अवस्था अनुकुल देखिन्छ । तर, समग्र नेपालको स्वास्थ्य चेतना स्तर गर्व गर्न लाएकको स्थितिमा छैन । तराई तथा पहाडका दुर्गम भेगका गरिब, बिपन्न र अशिक्षित नागरीकहरुलाई स्वास्थ्य सेवा उपभोग गर्नुपर्छ भन्ने पनि ज्ञान छैन । जनसंख्याको करिब आधा हिस्सा स्वास्थ्य चेतनाभन्दा पर छन्, झण्डै ४७ प्रतिशत ।
व्यक्तिगत जीवनशैलीमा परिवर्तन ल्याउन सके यस अवस्थामा केही हदसम्मको परिवर्तन हाँसिल गर्न सकिन्छ । यस्ले स्वास्थ्य चेतनामा क्रमिक सुधार ल्याउदै दीर्घरोग र यसबाट उत्पन्न हुनसक्ने खतराहरुबाट पनि अवगत गराउँछ ।
नेपालको स्वास्थ्यको गुणस्तर उकास्न, व्यक्तिगत स्वास्थ्यको ज्ञान र व्यवहारीकताको पालन अपरिहार्य छ । आत्म व्यवस्थापनले स्वास्थ गुणस्तर सुधारकको रुपमा अहम् भूमिका खेल्नसक्छ ।
नेपालका मानिसमा स्वास्थ्य संस्थामा गएर नियमित स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने ज्ञान निकै कम रहेको छ । परिवारका सदस्यको वेवास्ता र स्वास्थ्य सेवा प्रदायकको असहयोगको कारण पनि स्वास्थ्य सेवा उपभोगमा कठिनाई उत्पन्न भएको देखिन्छ । सोहि कारण सीओपिडी जस्ता दीर्घरोग पत्ता लाग्न पाँच वा पाँचभन्दा ज्यादा वर्षहरु समेत लाग्ने गरेको छ । स्वास्थ्य सेवाको उपलब्द्धताको बाबजुद पनि प्रयोग नहुने दीर्घरोगको खतरा उच्च देखाउँछ । यो एक निकै गम्भिर विषय हो ।
श्वासप्रश्वासमा लगातार समस्या उत्पन्न गराई फोक्सोलाई गम्भिर असर पार्ने रोगलाई सीओपीडी भनिन्छ । सीओपिडी, जीवनकालभरी निको नहुने रोग हो । एकपटक यो रोग लागेपछि यसलाई पूर्णतः निको पार्न असम्भवप्राय छ । फोक्सोमा समस्या देखिएसँगै सुरू हुने यस रोगले बिरामीको जीवन समेत लिन्छ । यस रोगबाट ग्रसित बिरामीहरुमा एकैखाले समस्या देखिने हुँदैन । रोग लागेपछि बिरामीको श्वासप्रश्वासमा क्रमिक खराबि आउँछ । दीर्घकालमा, रोगीको अल्पायुमा मृत्युसमेत गराउँछ ।
सन् २०१५ मा मात्रै यस रोगले विश्वभर ३१।७ लाख मानिसको मृत्यु गरायो । जुन २३ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसार सन् २०३० सम्म यस रोगबाट मृत्यु हुनेको संख्या तेस्रो ठूलो हुनेछ । सीओपिडी नसर्ने रोग भए पनि एकपटक देखा परेपछि पूर्ण रुपमा निको हुँदैन । त्यसैले रोग लाग्नु पूर्व नै सचेत रहनु, निणन्त्रणको उत्तम उपाय हो । त्यसैले स्वास्थ्य चेतना स्तर कम भएका तराइ तथा पहाडका समुदायमा स्वास्थ्य चेतनास्तर उकास्नु अत्यन्तै जरुरी देखिन्छ ।
नेपालमा पनि यस रोगको प्रभाव बढ्दो छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालका ११।७ ५ मानिसहरु सीओपिडीबाट प्रताडित छन् । हाम्रो जस्तो न्यून सामाजीक चेतना र स्वास्थ्य सुविधाको सुलभ उपलब्द्धता नभएको मूलुकमा सीओपिडीको पहिचान र समाधान निकै चुनौतिपूर्ण छ ।
स्वास्थ्य स्वयमंसेवक, स्वास्थ्य सेवा प्रदायक संस्थ्या तथा स्थानीय अगुवाहरुको संयुक्त प्रयास दीर्घरोगको पहिचान र समाधानको पहिलो सर्त हो । रोगलाई बेलैमा पहिचान गर्न सके बिरामीको जीवन यापन सहज पार्न मद्दत पुग्दछ । आत्म व्यवस्थापनमा विषेश ध्यान दिई रोगको असर कम गर्न सकिन्छ । जसले उनीहरुको आयु लम्ब्याउन पनि सहयोग गर्छ । त्यसैले नेपालमा बिरामी आँफैलाई उपलब्द्ध स्वास्थ्य सेवाको लाभ लिन उत्प्रेरित गर्नु नितान्त आवश्यक छ ।
जनस्वास्थ्यमा देखिएको प्रतिकुल असरले मुलुकको आर्थीक तथा सामाजीक समृद्घि खतरामा पर्दैछ । नेपालजस्तो न्यून आय भएका र गुणस्तरीय स्वास्थ्यको उपलब्धता कम भएको देशका लागि स्व–व्यवस्थापनमा ध्यान दिनु नै श्रेयस्कर हुन्छ । त्यसैले सरकारले हालका वर्षहरुमा ९२०१४–२०२०० नेपालको स्वास्थ्य स्थिति र नसर्ने रोगहरुलाई विशेष चासोका साथ हेरेको छ । लक्षित कार्यक्रमको महत्वपूर्ण उद्देश्य सामाजीक निर्धारकहरुलाई सम्बोधन गर्दै नसर्ने खालका रोगहरुको नियन्त्रण गर्नु थियो ।
राष्ट्रिय स्तरबाट भईरहेको नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको यस प्रयासले स्वास्थ्य साक्षरता दर बढाउन सहयोग पुग्ने देखिन्छ । जसले रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दै स्थानीयको स्वास्थ्य र चेतना स्तर उकास्न परस्पर सहयोगी भूमिका खेल्दछ ।
नेपालमा सीओपिडीको वर्तमान स्थिति र भवितव्य संभावनाहरुलाई मध्यनजर गर्दै पूर्वी नेपालको सुनसरीमा एक अध्ययन गरिएको थियो । उक्त अध्ययनले पनि नेपालमा सीओपिडीका रोगीको संख्या बढ्दै गएको तथ्यलाई पुष्टि गरेको छ । जसमा विभिन्न क्षेत्रका २३८ जनाको प्रतक्ष्य सहभागीता थियो । अध्ययन, सन् २०१८ जुन देखि २०१९ जनवरीको बिचमा सम्पन्न गरिएको थियो ।
सर्वेक्षणमा सहजता ल्याउन सहभागीहरूलाई उच्च स्वास्थ्य साक्षरता स्तर माथिल्लो र तल्लो गरी दुई भागमा विभाजन गरीएको थियो । जसको उमेर १८ देखि ७० को बिच थियो । समुदायमा आधारीत अध्ययन भएकोले दुई स्थानीय स्वमंसेविले सहयोगीको भूमिका निर्वाह गरेका थिए । जसमा सहभागीहरु स्थानीय दुई गाउँपालीकाका स्थायी बसोवासकर्ताहरु थिए ।
उक्त तथ्याङ्किय विश्लेषण हेर्दा सेवाग्राहीको स्वास्थ्य साक्षरता स्तर कम देखिएको थियो । त्यसमा महिला, बेरोजगारी, बूढेसकाल, गरिबीको रेखामुनि रहेकारहरुको बाहुल्याता थियो । त्यसो हुनुमा उक्त कारणहरूसँगै उच्च तनाव, पुराना रोग, धूमपान र मध्यपानलाई मुख्य कारकको रुपमा व्याख्या गरीएको छ ।
अनुसन्धानमा सीओपिडीका बिरामीहरू अर्को एक स्वास्थ्य समस्या सहित रोगी निक्र्यौल गरिएका थिए । उनीहरूमा मुटुसम्बन्धि रोग, मधुमेह, दम, बाथ, मांसपेशीको समस्या, ग्याष्टिक जस्ता गडबडि देखिएको थियो ।
स्वास्थ साक्षरता मापनका नौ मापदण्डहरुमध्ये पाँच मापदण्डहरुको प्रयोगलाई प्रश्नको रुपमा उपयोग गरीएको थियो । नेपाली स्वास्थ्य विज्ञको सल्लाहमा स्थानीय क्षेत्रमा छरितो रहन सक्ने मापदण्डलाई प्रयोगमा ल्याईएको थियो । र, अध्ययनको क्रममा, कमजोर श्रवण शक्ति भएका, मिर्गौला रोगी, हृदयघात तथा क्यान्सर जस्ता रोगबाट प्रताडित बिरामिहरुको तथ्याङ्क समावेश गरीएको छैन ।
अनुसन्धानमा पाँच किशिमका सामाजीक जीवनशैलीसँग सम्बन्धित प्रश्नहरु समावेश थिए । सीओपीडी देखा परेका मध्ये धेरै व्यक्तिहरुमा स्वास्थ्य चेतनास्तर कम नै थियो । एच
एल क्यू को पाँच मापकहरूबाट यसलाई मापन गर्नुपर्दा स्वास्थ्य सेवा प्रदायकहरु ९७९०, स्वस्वास्थ्य प्रबद्र्धन गर्न समर्थ ९७६।५० सामाजीक स्वास्थ्का समर्थक ९७७।३० स्वास्थ्य स्थिति पत्ता लगाउने क्षमता ९७५।२०, स्वास्थ्य जानकारीको उपयोग ९७४।८० ।
यस दौरान पारीवारीक सरदर वार्षिक आय रू।२१००० ९१७६ डलर०भन्दा कम रहेको परिवारसँग भएको स्वास्थ्य चेतना तुलनात्मक हिसाबमा कमजोर देखिएको थियो । समूहमा अशिक्षित , दलित, महिला तथा आदिवासीको बाहुल्यता ज्यादा थियो । सामाजीक तथा आर्थीक निर्धारकहरूले नै यसलाई निर्धारण गर्ने गरेको पाईएको थियो । स्वास्थ्य सचेतनाको माध्यमबाट व्यक्ति स्वयमंमा स्वचालित स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सकिए सीओपीडी लाग्नबाट बचाउन सकिन्छ ।
हिबार्ड र उनका साथीहरुले रोगीको सक्रियता मापन गर्न एक नमूना मापदण्डको विकाश गरेका थिए । जसलाई प्यासेन्ट एक्टिभेसन मेजर ९ पीएएम ० भनिन्छ । अनुसन्धानले उमेर, शैक्षिक उपलब्द्धिहरुलाई, सामाजीक रआर्थीक स्थिति तथा सांस्कृतिक मान्यता र संचार ९स्थानीय भाषामा० लाई मुख्य मापकको रुपमा प्रयोग गरेर हेरे ।
यसबाहेक, विरामी सक्रियताको दर कमि आउनुमा अन्य बुँदाहमा मानसिक बोझ, विरामीको धारणा, उमेर, शरीर र तौलको सन्तुलन, शारीरिक स्वास्थ्य स्थिति उदासिनता, सामाजीक समर्थन, वित्तीय समस्या र बुझ्ने क्षमताको कमि मुख्य कारकको रुपमा देखा पर्यो ।
अनुसन्धानले स्वास्थ्य साक्षरता शिक्षामा निर्भर गर्छ भन्ने तथ्य अघि सारेको छ । पुराना रोगको अवस्था र सुधारीएको जीवनको गुणवत्ताले स्वास्थ्य साक्षरता सुधारमा विशेष महत्व राख्दछ । विश्व स्वास्थ्य संगठनले पनि स्वास्थ्य साक्षरतालाई व्यक्तिगत विशेषताहरु र सामाजीक संसाधनको रुपमा परिभाषित गरेको छ । व्यक्तिको जीवनप्रतिको मानसिकता र उत्प्रेरणालाई मुख्य आधार मानेर व्यक्ति तथा समुदायहरुको जीवनशैली परिवर्तनको मापन गर्दछ ।
सहभागीहरूले अपर्याप्त परिवारको समर्थन प्राप्त गरेको रिपोर्ट गरे र खराब भावनात्मक स्वास्थ्यको वर्णन गरे । समुदाय स्तरमा, पूरक र वैकल्पिक उपचारको व्यापक प्रयोग सामाजिक नेटवर्कहरूद्वारा संचालित पाइन्छ । जसलाई स्थानीय पश्चिमी औषधको विकल्पको रुपमा प्रयोग गर्दछन् ।
सामुदायिक सेवा ग्रामिण भेगमा संचालन भएकोले त्यहाँ सञ्चालन गर्न आवश्यक पर्ने संसाधनहरूको सदैव अभाव खड्किरह्यो । वैकल्पिक उपचारको सुरक्षित प्रयोगको निगरानी गर्न त्यहाँ सीमित गुण नियन्त्रणहरू थिए । अधिकांश सहभागीहरुले कारकहरुको पहिचान पनि गरे । डाक्टरहरू र उनीहरूका बिरामीहरू बीच र चिकित्सकहरूबिच चिन्ताहरू साटासाट हुँदै गए ।
चिकित्सक र बिरामी बिच विश्वास र आदरको एक कडि थियो । बिरामीहरू डाक्टरको समय र ध्यानको अपेक्षा राख्दथे । सीओपीडी भएका व्यक्तिहरूसँगको आत्मविश्वाश, उनीहरूको डाक्टरसँग हुने कुराकानी सामान्य नै थियो ।
सीमित आत्मविश्वास, सीमित सीप र व्यवहार परिवर्तनलाई बढावा दिनु पनि असान्दर्भिक हुन आउँछ । विशेषज्ञता प्रस्तुत गर्न, डाक्टरहरूले असाध्यै औषधी र लम्बाई तोक्दा निराशा उत्पन्न भई रोगको निदान गर्न समय लाग्नसक्छ ।
अपर्याप्त पूर्वाधार र स्रोतहरू, प्राथमिक स्वास्थ्यको स्तर, सेवा प्रदायकहरूको सीमित सीप र सीओपीडीको निदान सचेतनाको निम्ति शैक्षिक सामग्रीको अभाव भएको थियो ।
अध्ययनका निष्कर्षहरूले सीओपीडी भएका व्यक्तिहरू बीच स्व–व्यवस्थापनका अभ्यासहरू सुधार गर्नका लागि तीनै तहलाई लक्षित बहुआयामिक हेरचाहको एकीकृत मोडेलको आवश्यकता सुझाव दिन्छ ।
स्वास्थ्य साक्षरतालाई कौशलको रुपमा प्रयोग गर्न वा मानसिकताको परिवर्तन गर्न सम्पूर्ण रूपमा स्वस्थ जीवनशैलीको अभ्यास हुनुपर्छ । जसका लागि व्यवहारीक संलग्नताको लागि जरुरी हुन्छ । उनीहरुको समग्र स्वास्थ्य व्यवस्थापन गर्ने प्रभावकारी निर्णय लिन र ध्यान केन्द्रीत गर्नभन्दा व्यवहारीकताको नमूना ९ धूमपान त्याग, शारीरिक गतिविधीमा संलग्नता० लाई उत्कृष्ट व्यवहार मानिन्छ ।
बिरामी र सक्रियता विशेष रुपमा स्वास्थ्य सम्बन्धि ज्ञान, प्रेरणा कौशल र विश्वास भनेर परिभाषित गरीएको छ । स्वास्थ्य चेतना स्तर कम भएका बिरामीहलाई बुझ्न र सम्झन कठिनाई थियो । स्वास्थ्यको बारेमा अपनाउनुपर्ने सावधानीको बारेमा ज्ञान थिएन । रोगको बारेमा जानकारी नहुनु र गलत जानकारी हुनु अर्को प्रमुख समस्या थियो । स्वस्थ जीवनशैली र व्यवहारीक आदतबिचको अन्तर सम्बन्ध बुझ्न नसक्नु अर्को प्रमुख समस्याका रुपमा देखिन आउँछ ।
नेपालबाट भर्खरै प्रकाशित भएको यूरोप एसिया साक्षरता सवेक्षणको एक अध्ययनले बिरामीहरुको स्वास्थ्य अचेतनाको कारण सिमान्तकृत हुनु नै देखाउँछ । तुलानात्मक रुपमा नेपाल भन्दा अष्ट्रेलिया, नेदरल्याण्ड, संयुक्त राज्य अमेरीकामा कम संक्रमण देखिन्छ । नेपाल लगायत भारत र बंगलादेशमा पनि सोही अवस्था छ ।
अध्ययनको निष्कर्षले के देखाउँछ भने कम आय भएका विपन्न परिवार, महिला, दलीत तथा आदिवासी समुदायका मानिसहरु यस रोगको विशेष खतरामा छन् । अशिक्षा र गरीबिको कारण उनीहरू स्वास्थ्य सचेतनाका व्यवहारहरूमा स्व–व्यवस्थापन अपनाउन असमर्थ देखिन्छन् । यसमा मुख्य कारणको रुपमा अशिक्षा, बूढेसकाल, उच्च मानसिक तनाव, पुराना रोगहरू, धूमपान र मध्यपानको लतलाई व्याख्या गरीएको छ । जसलाई स्थायी रुपमा हल गर्न विरामीको शशक्तिकरण र सक्रियता व्यवस्थापनमा उचित ध्यान पुग्नु आवश्यक छ ।