८३ वर्षीय पुरोहित बाजेको चिन्ता : हरायो पुराणको बालन र विवाहको कर्म

८३ वर्षीय पुरोहित बाजेको चिन्ता : हरायो पुराणको बालन र विवाहको कर्म

एन्जु शिवाकोटी
विराटनगर । हामी आधुनिक युगका मानिस । दिनप्रतिदिन घडीको सुँई घुमे झंै हाम्रो जीवनशैलीमा परिवतर्न हुदैछ । आजको हाम्रो रहनसहन समयसँगै थोत्रो हुदै जान्छ । जसरी हाम्रा बाजेबजुको रहनसहन हामीलाई पुरानो लाग्छ । पुराना कुरा सुन्दा हामीलाई अनौठो लाग्छ । ती संस्कार हामीलाई बेकार लाग्छ । तर, ती पुराना चिन्तन बोकेका बाजेबजु हामी सबैको घरमा हुनुहुन्छ ।

हामी जस्तो परिवेशमा हुर्कियौं, त्यस्तै संस्कार प्रिय लाग्छ । ती बाजेबजुलाई पनी आफूले बाचेको परिवेश मन पर्दो हो । हेर्दाहेर्दै आफ्ना केश र चाउरिएका अनुहारसँगै आफ्नै आगन परदेश लाग्दो हो ।

आफ्नै आगन बिरानो लाग्ने हरेक बाजेबजुको प्रतिनिधि पात्र हुनुहुन्छ शिवप्रसाद निरौला । एैसेंलु खर्कमा व्राहमण परिवारमा जन्मिएका निरौला ८३ बर्षका भए । १३ बर्षको उमेर देखि उनी जजमानी गर्दै आएका छन् । कुनै पाठशालामा गएर उनले पढ्न सिकेका भने हैनन् । गाईगोठाला जाँदा धुलोमा कखरा लेख्न सिके । बाबु बाजेहरु सबै पुरेत भएका कारण उनले पनि जजमानी गर्न सिके । हिन्दु संस्कारमा हुने विवाह, व्रतबन्ध, क्रियाकर्म जस्ता सबै कर्मकाण्ड निरौला गर्दछन् ।

महिनावारी भइसकेकी छोरी विवाह गर्नु हुदैन भन्ने परम्परा थियो । उनको १० बर्षको उमेरमा इन्दिरा नाम गरेकी ७ बर्षिय कुमारीसँग विवाह भयो । विवाह गरेर केही समय माइति घरमा दुलहीलाई छोड्ने चलन (त्यो चलनलाई मैतालु भनिन्छ) भएका कारण विवाह भएको ३ बर्षपछि श्रीमतीलाई घर लैजाने अवसर जु¥यो ।

निरौला जोडीको ३ छोरी र १ छोरा गरेर ४ सन्तान हुनुहुन्छ । वि.सं. २०१७ सालमा विराटनगर–१० मा बसाई सरेर आउनु भयो ।
लामो समय विराटनगरको बसाई भन्दा उहाँहरुलाई एैंसेलु खर्ककै माया ज्यादा लाग्छ र सम्झना पनि । उहाँहरु भन्नु हुन्छ, ‘हाम्रो समय कहाँ छ, आजभोलीका मानिसहरुमा माया कहाँ छ र ?’ ‘धर्म संस्कृति नै व्यपार भए ।’

निरौलाकी धर्मपत्नी इन्दिरालाई सधै पहाडका उकालीओराली र पँधेरीको सम्झनाले त्यहिं पु¥यायी रहन्छ । उहाँ भन्नुहुन्छ, ‘ झिसमिसेमै उठेर पँधेरी जान पथ्र्यो, नजीकै पनि कहाँ हुन्थ्यो र ।’ ‘परपुरुससँग बोल्न हुदैन थियो र त सबै छोरी बुहारी सुरक्षित थिए ।’
दौँतरी केटाकेटी सँगै हिनेको र उनीहरुले लगाउने लुगा उहाँलाइ राम्रो लाग्दैन । केटाकेटीसँगै हिड्नु राम्रो होइन, आजकालका भुराभुरी के भएका सबैतिर च्यातेको लुगा किन्छन्, त्यो नै राम्रो रे !

धर्मसंकृती नासिदै गएको निरौलालाई नरमाइलो लाग्छ । विगत र वर्तमानलाई केलाउँदा उहाँ कतै चित्त बुझाउने ठाउँ देख्नु हुन्न । विगतलाई सम्झदै उहाँ भन्नु हुन्छ, ‘पहिला विवाह रातभरी हुन्थ्यो आजभोली कर्मकाण्ड नियम पुराएर गरांै भन्ने मानिस भन्दा पनि उसो मिलाउन गुरु भनेर पैसा थमाउने मानिस भेटीन्छ ।’ पुराण लाग्छ आस्था र विश्वासले भन्दा पनि देखाउन र रमाइलोको लागि लाग्ने पुराणमा बालन पनि हराईसक्यो । राम चरित्रको बारेमा नृत्यद्धारा वर्णन प्रस्तुती गर्नुलाई बालन भनिन्छ ।

जति नयाँ जमाना आएपनि जति सुविधा भएपनि आफू हुर्केको परिवेश सबैलाई रमाइलो लाग्छ । कतिपय हाम्रा धर्मसंस्कार पुस्तै पिछे छुट्दै जादैछन् । मादलको तालमा साकेला छुटे, गितको सुरमा श्लोक र टुक्का छुटे । हामी युवा पीँडिलाई आफ्नो संस्कृति भन्दा आयातित संस्कारले लोभ्याइरहदा कतै हाम्रो चिनारी पनि पुस्ताहरुसँगै छुटेका वालन जस्तै हुने त हैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्