मुक्तक

<span class='c1'>मुक्तक</span> <span class='c2'></span>

-नवराज पोख्रेल "नवशिला"
मुक्तक १
दान गरेँ पण्डित बोलाई पुराण पनि लाएँ
रामको नाम नि जपे मैले भजन पनि गाएँ
तीर्थ व्रत केही गर्दा नि भएनौ तिमी मेरो,
तिमी पाउने चक्करमा हन्डर मात्र खाएँ।

मुक्तक २
कहिले आधा कहिले भरि यस्तै हुँदो रैछ
भोग्दै जाँदा अनेक थरी यस्तै हुँदो रैछ
हुन्न हजुर सोचे जस्तो हाम्रो जिन्दगानी,
कहिले घाम कहिले झरी यस्तै हुँदो रैछ।

मुक्तक ३
असरल्ल पीडाका बिस्कुनहरू सुकाएर
सबको अगाडि आफ्नो शिरलाई झुकाएर
अभाव र आर्तनादमा कहिलेसम्म बाँच्ने हो,
यो छातीभित्र वेदना अनि पिरलाई लुकाएर।

मुक्तक ४
मुखले राम भन्दै दिलमा छुरा धस्यो हजुर
प्रीति गाँस्ने नाटक गरी घाँटी कस्यो हजुर
बेइमानीले धोका दियो घर न घाटको पार्यो,
वेदनामा भक्कानिए म आँसु खस्यो हजुर।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्