‘विराटनगर कोरा’ : साइक्लिङ्ग सर्किटमा पहिलो फन्को

‘विराटनगर कोरा’ : साइक्लिङ्ग सर्किटमा पहिलो फन्को

नवराज कट्टेल
विराटनगर । देशका अन्य शहरमा स्थापित हुँदै गएकोे साइक्लिङ सर्किट विराटनगरले पनि भित्र्याएको छ । १२ वर्ष अगाडी ‘काठमाण्डौं कोरा’ अभियानबाट प्रारम्भ भएको साइकल सिटीको संस्कृति विराटनगरमा पहिलो पटक सर्किट निर्माण गर्दै फन्को मार्न सफल भएको हो ।


झण्डै ३५ किलोमिटर दुरीको सर्किटमा फन्को लगाउन विराटनगरको नमस्कार होटलमा भेला भएका युवाले केसलिया हुँदै सुनसरीको बर्जुलाई एकाबिहानै रोजेका हुन् । अन्य शहरमा जस्तै हरेक वर्ष विराटनगरमा साइकल यात्रीहरुले ‘विराटनगर कोरा’ औपचारिक रुपमा आयोजना गर्ने तम्तयार स्वरुप पहिलो फन्को मारेका हुन् ।


नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) रोटरी क्लव अफ विराटनगर फ्यूजन र लायन्स क्लव अफ विराटनगर योङहार्ट र बारी नामक संस्थामा आवद्ध युवाहरुले शनिबार ‘विराटनगर कोरा’को प्रारम्भ गरेका छन् । युवा उद्यमी मञ्चका उपाध्यक्ष यूनेशराज श्रेष्ठका अनुसार अब शहरमा साइकल लेन निर्माणका लागि आम साइकल यात्रीसँग यो अभियान अगाडी बढ्ने छ ।

‘काठमाडौं कोरा’ जस्तै ‘विराटनगर कोरा’को नामले परिचित यात्रामा विराटनगर आसपास क्षेत्रका साइकल प्रेमीलाई जोडिने छ, भने साइक्लिङ गर्ने दुरीको पनि क्रमशः विस्तार गर्दै लगिने छ ।
साइकल यात्रामा सहभागीता निःशुल्क छ । तर, यो अभियानले साइकल स्टयाण्ड निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखेकोले ईच्छा लाग्नेले शुल्क बुझाउन सक्नेछन् । विराटनगरमा पहिलो सर्किटका लागि युवाहरुले प्रतिव्यक्ति ५०० रुपिँया जम्मा गरेको श्रेष्ठले जानकारी दिएका छन् ।
यसरी संकलित हुने रकमबाट शहरमा साइकल स्ट्याण्ड निर्माण गरिने लक्ष्य राखिएको श्रेष्ठको भनाई छ । कोरालाई धेरैले बुझ्न तत्काललै सक्दैनन् तर यसको महत्व शहरी वातावरणसँग समेत जोडिएको छ, अर्का युवा रोकन अग्रवालले भने यसलाई सफल बनाउन आवश्यक छ । जसले सडकमा नागरिकको सुरक्षित जीवनको आवाज उठाई दिन्छ ।

 

शहरमा निर्माण गरिएको सडक साइकलमा यात्रा गर्नेहरुको लागि सुरक्षित छैनन् । साइकल लेनको निर्माण नहुँदा अन्य सवारीको चाप धान्न साइकल यात्रीलाई हम्बे पर्दै आएको छ । युवा उद्यमी मञ्चका श्रेष्ठले फेरी थपे–यो अभियानमा आम साइकल यात्रीको भावना जोडिनेछ र अभियानलाई स्वतःस्र्फूत बनाईने छ । औपचारिक कार्यक्रमका लागि मात्रै नभई यसलाई दैनिक जीवनसँग जोड्ने योजना समेत राखेर प्रारम्भ गरिएको अभियन्ताहरुको दावी छ ।

बुद्ध धर्ममा कोरा भनेको भगवानप्रति आफ्नो श्रद्धा देखाउन कुनै धार्मिक स्थललाई दाहिनेतिरबाट परिक्रमा गर्नु हो । शब्द बुद्ध धर्मबाट आएको भएपनि कोरालाई सर्किटको रुपमा समेत अर्थयाउने गरिएको छ । कोरालाई हिन्दू धर्मले पनि सदियौंदेखि अभ्यासमा ल्याउँदै आएको छ । धार्मिक भावका लािग हिन्दूले मन्दिरलाई सकेसम्म दाहिने पारेरै घुम्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्