विराटनगरमा स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

<span class='c1'>विराटनगरमा स्रोत नखुलेको ७ लाख</span> <span class='c2'>रुपैयाँ सहित भारतीय नागरिक पक्राउ</span>

विराटनगर । मोरङ प्रहरीले स्रोत नखुलेको नेपाली ७ लाख रुपैयाँ सहित १ भारतीय नागरिक नागरिकलाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित रानी विराटनगर १५ बाट शुक्रबार दिउँसो भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले श्रीवास्तवलाई को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार रहेको बेला खानतलासी गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँ बरामद भएको जोशीले बताउनुभयो ।

प्रहरीले श्रीवास्तवको साथबाट नेपाली ५ सय रूपैयाँ दरको ४ सय र १ हजार रूपैयाँ दरको ५ सय थान नोट बरामद गरेको छ । अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । श्रीवास्तवलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी गरीएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्