‘जीवन सहज थिएन, जब मैले पढ्न सुरु गरे’ : चेतनाथ पोखरेल

‘जीवन सहज थिएन, जब मैले पढ्न सुरु गरे’ : चेतनाथ पोखरेल

एन्जु शिवाकोटी
विराटनगर । भनिन्छ आत्माबल भए विश्व जित्न सकिन्छ । वास्तवमा आत्माबलसँगै कठोर मेहनत गरेमा मात्र सफलता प्राप्त गर्न सकिन्छ । सफलता प्राप्त गर्नु शारीरिक रुपमा कमजोर भएका मानिसहरुको लागि अझै चुनौतिको विषय हो ।

जीवनका हरेक चुनौतिलाई पार गर्दै ५३ बर्ष पुगेका चेतनाथ पोखरेल शारीरिक अपाङ्गता छन् । विराटनगर–५ स्थायी घर भएका पोखरेल जन्मजात अपाङ्गता भने होइनन् । तिन बर्षको उमेरमा उनलाई पोलियो लागेका कारण उनको कम्मरमुनिको भाग कमजोर भयो ।
हाम्रो समाज अझै पनि सङ्कुचीत भावना बोकेर हिनिरहेको छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण फरक छ । उनीहरु सपाङ्ग सरह केहि गर्न सक्दैनन् भन्ने सोच राख्दछ । साँचै भन्नुपर्दा उनीहरुलाई दयाको पात्र सोचिन्छ ।

सपाङ्ग व्यक्तिहरुको जीवनशैली भन्दा अपाङ्गता भएका व्यक्तिहरुको जीवनशैली कष्टकर हुन्छ । त्यस्तै कष्टकर जीवन भोगेका छन् पोखरेलले । कम्मर मुनीको भाग कमजोर भएका कारण उनी हिड्न सक्दैनन् । उनी हातको सहाराले घिस्स्रेर हिड्ने गर्थे ।
‘जीवन सहज थिएन, जब मैले पढ्न सुरु गरे, म विद्यालय हातको सहाराले घिस्स्रेर जाने गर्दथे ।’ उनले भने, ‘आजभोलिको जस्तो बाटो थिएन । बर्षाको समयमा बाटो हिलाम्य हुने र अन्य बेला धुलैधुलो हुन्थ्यो ।’ ‘त्यस्तो बाटोमा घिस्स्रेर हिड्न पक्कै सहज थिएन ।’ ‘झोला काँधमा भिरेर म धुलो र हिलोसँग पैठेजोरी खेल्दै विद्यालय जान्थे ।’

पोखरेललाई आफुप्रति कहिल्यै हिनताबोध भएन । बरु गर्व महशुस गरे । किनकी उनले आफूलाई कहिल्यै कमजोर महशुस गरेनन् । गोग्राह विद्यालयबाट उनको पढाइको सुरुवात भएको थियो । जस्तोसुकै समस्या आइपरेपनि उनले पढाइलाई निरन्तरता दिए । उनको जीवनको अर्को समस्याकोे विषय थियो गरिबी । तर, त्यहि समस्याले उनलाई आत्मानिर्भर हुन सिकायो । कक्षा ८ मा पढ्दै गर्दा उनले आफूभन्दा साना कक्षाका विद्यार्र्थीहरुलाई ट्यूसन पढाउन थाले । जसले उनको जीवनमा सहजता थपियो ।

उनी कक्षा ९ मा पढ्दै थिए गोग्राह विद्यालयका बिरेन्द्र कुमार दासले उनको अवस्था देखेर ट्राइसाइकल उपलब्ध गराउने विचार गरे । दासले उनका लागि ट्राइसाइकल उपलब्ध गराए । ‘त्यसपछि मेरो जीवन अलि सहज हुन थाल्या’, उनले भने ‘जुन दिन मैले ट्राइसाइकल पाए त्यो दिन मेरो जीवनको सबैभन्दा खुसिको क्षण थियो ।’

उनले महेन्द्र मोरङ्ग आदर्श बहुमुखि क्याम्पसबाट कक्षा १२ सम्मको अध्ययन गरे । उनी हाल कक्षा १० सम्मका २५ जना विद्यार्थीहरुलाई ट्यूसन पढाउँछन् । लिला देवीसँग बैवाहिक बन्दनमा बाधिएका पोखरेलका ३ सन्तानका बाबु हुन् ।

कोभिड १९ महामारीका कारण उनको जीवनमा पनि समस्या आयो । उनीले पढाउँदै आएका विद्यार्थीहरु पनि लकडाउनसँगै आउन छाडे । ट्यूसन पढाएरै आफ्नो दैनिकी चलाउँदै आएका पोखरेललाई यो समय निकै कष्टकर बनेको छ । ‘विद्यार्थीलाई ट्यूसन पढाएर गुजरा गरिरहेको थिए ।’ उनले भने, ‘विद्यार्थीहरु नै नआएपछि मेरो त रोजिरोटी नै बन्द भयो ।’ दुखले नै गुजरा चल्दैछ, राहत पाएर केही हदसम्म सहयोग मिल्या उनको भनाई छ । उनले मैले तीन चरण राहत पाएका थिए ।

अपाङ्गता भएकै कारण उनले जस्तो समस्या भोग्नु प¥र्यो त्यस्तो समस्या अन्य अपाङ्गता भएका व्यक्तिहरुले भोग्न नपरोस् भन्ने मनसायले उनी अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी विराटनगर–११ मा रहेको सामर्थ सेवा संस्थाका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्