कम्युनिष्ट शक्ति एकताबद्ध हुन खोज्दै

कम्युनिष्ट शक्ति एकताबद्ध हुन खोज्दै

विराटनगर । नेपालमा कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनसके मात्र पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको सपना पुरा हुनसक्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

स्वर्गीय पुष्पालाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा विराटनगर १ पुष्पलाल चौकमा बुधबार आयोतिज श्रद्धाञ्जली सभाका सहभागीले यस्तो बनाएका छन् ।

समाजवाद स्थापना नभएसम्म पुष्पलालको सपना पुरा नहुने भएकोले फुटको राजनीति त्यागेर नेपाली कम्युनिष्ट एकतालाई सधै बलियो बनाउनुपर्ने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले बताउनुभयो । पुष्पलालको सपना अधुरै रहेकोले पुरा गराउन सबै एकजुट भरहनुपर्ने उहाँको भनाइ छ ।

पुष्पलालहरुको योगदानकै कारण आज नेकपाले चुनावमा बहुमत हासिल गरेर सरकार बनाउन सफल भएपनि समाजवाद स्थापना गर्न भने बाँकी नै रहेकोले कम्युनिष्टहरुले फुटको हैन एकताको बाटो रोज्नुपर्ने उहाँले बताउनुभयो ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले कम्युनिष्टहरु एक भएमात्र समाजपाद स्थापना हुने र त्यसो गरेपछि मात्र पुष्पलालहरुको सपना पुरा हुने बताउनुभयो ।

संघीय सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले पुष्पलालको आदर्श सबैका लागि प्रेरणादायी रहेको स्मरण गर्नुभयो । नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले संस्थापक महासचिव पुष्पलालको योगदानको चर्चा गर्दै अधुरो सपना पुरा गराउने दायित्व सबैको भएकोले कम्युनिष्टहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
स्रोत :हाम्रोमत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्