कोरोना महामारीले सिकाएको पाठ

कोरोना महामारीले सिकाएको पाठ

हाल विश्व कोरोना ९कोभिड–१९० विश्वव्यापी महामारीबाट आक्रान्त छ । विश्वभरी करिव ६ लाख २० हजार व्यक्तिहरुको मृत्यु भईसकेको छ । लाखौं संक्रमित व्यक्तिहरु यो भाईरस संग लडिरहेका छन् । आखिर प्रत्येक वर्षको अन्तराल जस्तोमा यस्ता नया“ रोगहरुको उत्पन्न र विश्वव्यापी किन बढिरहेको छ त रु हाम्रो भौतिकवादको सामाजिक,आर्थिक तथा सांस्कृतिक विकासले कतै विनास तर्फ त हामी उन्मुख भईरहेका छैनौं रु यस सम्बन्धमा नेपाल लगायत विश्व समाजलाई लकडाउनले केहि पाठ पक्कै सिकाएको छ । आउनुहोस् यसै बिषयमा केहि चर्चा गरौं ।

मानिस भर्सेस प्रकृति :
प्रकृति मानवलाई दिएको ज्यादै मूल्यवान उपहार हो । प्रकृति र मानव भनेको एकअर्काको परिपूरक हुन् । तर आजसम्मको विश्वसम्म आईपुग्दा मानिसले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राखने दुस्प्रयास गरिरहेको छ । विकासको नाममा विश्वले जल,थल मात्र नभएर चन्द्रमा पनि कब्जा जमाएर नक्कली सूर्य समेत बनाइसक्यो भन्ने खबरहरु आईहेको छ । यसमा मानिस केहि हदसम्म सफल त भएको देखिन्छ । तर कुलै एउटा सानो परिघटनाले मानव जगतको त्यो सयौं वर्षको सफलतालाई क्षणभरमै चकनाचुर बनाईदिँदो रहेछ । प्रकृतिसँग पौठेजारी खेलेर गरिने विकास कुनै समय विनासमा परिणत हुने सम्भावना त्यतिकै प्रबल हुन्छ । प्रकृतिसँग पराजित हुदाँ मानिस कहिले घरबाहिर निस्कनै नसक्ने त कहिले घरभित्र बस्नै नसक्ने अवस्थामा पुग्दो रहेछ ।

समयको रपm्तारसँग प्रकृतिले कहिले कता त कहिले कता आफ्नो शक्ति प्रर्दशन गर्ने गर्छ । कहिले भूकम्प, कहिले सुनामी, पहिले बाढीपहिरो त कहिले यस्ता नयाँ–नयाँ भाईरसहरु । सन् २०१९ अन्ततिर चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसले संसारलाई यो अवस्थामा पुर्याउछ भन्ने सायद कसैले कल्पना पनि गरेको थिएनने होला ।
ईतिहास हेर्दै जादँ विगत देखि हालसम्मको हरेक १०० वर्षको अवधिमा प्रकृतिले मानवलाई यस्तै हैरानी बनाउँदै आईरहेको छ । सन् १७२० मा प्लेग, १८२० मा स्पेनीस कोरोना भाईरसले ।

गाउँ भर्सेस शहर :
विश्वमा शहरको भन्दा गाउ“को संख्या बढि छ । हाम्रो जीवनयापनका लागि अधिकाशं आवश्यकताहरु ग्रामिण उपजमा निर्भर छन् । शहर र गाउँको स्पष्ट सिमा कोरिनु नै वास्तवमा असन्तुलित विकासको उपज हो । हाम्रमो विकासको दिर्घकालिन सोच र सो अन्र्तगतका वार्षिक निति, योजनाहरु यसै तर्फ लक्षित देखिन्छन् । जस्ले हाम्रो शहर केन्द्रित मानवयी चलायमान थेग्नै नसकिने गरि बढेको छ । यसबाट नयाँ रोग, शोक र सन्तापको पारो ह्रातै बढेको छ भने अर्को तर्फ गाउँघर सुनसान, उजाड र बाझा खेतबारी बढोतरी छ । अन्ततोगत्वा देशको जिडिपिमा करिव २६ प्रतिशत कृषिको योगदानलाई बढाउन हामीले कहिलै सोचेनौं ।

मानिसहरु आफ्नो गाउ“मा आफ्नो भविष्य निर्माण गर्न देखिनुपर्छ । कृषि पेशालाई व्यवसायी मुखि बनाउदैं पूँजीको निमार्ण मार्फत स–सना हजारौं परियोजना जुन वातावरण अनुकुल हुन्छन् ।
त्यस्ता योजना मात्रै संचालन गर्ने राज्यको निति हुनुपर्छ । आधुनिक विकासको लागि शहर मात्रै मापदण्ड होईन । शहर स्तरकै सेवासुविधा सहित मौलिक ग्रामिण विकास यस विपदनिरमकरणको उतम उपाय हो । यो वास्तविकतालाई भुल्दा हामी कति सम्म स्वार्थी भयौ कि विपदमा मात्र गाउँ घर सम्झने बानी नै बसिसक्यो ।

सद्भावको आवश्यकता :
कोरोना र लकडाउको कारण अहिले समाजमा सामाजिक एकता र सद्भाव बढेको छ । अहिले मानिसहरु पैसा मात्र सबैथोक भई पारिवारिक मेलमिलाप, समाजिक एकता र सहयोगको भावलाको विकासका साथै सीमित स्रोत र साभनले पनि बा“च्न सकिने वातावउणको सिर्जना भएको छ । तर यसलाई कायम राख्न सबैलै ध्यान दिनु आवश्यक छ ।

अहिले देखिएको सामाजिक दरी र सद्भावलाई कायम राख्नको लागि गाउँगाउँमा रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्ने देखिन्छ । अहिले मानिसहरुमा केहि हदसम्म सकारात्मक सोचको विकास भएको छ । यो चेतनामा आएको परिवर्तन नभई बाध्यात्मक परिस्थितिमा आएको परिवर्तन भएकाले सरकारले गाउँगाउँमा विकासका कामहरु कृषिमा आधुनिकीकरण र युवा रोजगारका कार्यक्रम बढाउनेमा बिशेष ध्यान दिनुपर्छ । कोरोना भाईरसले हामीलाई धेरै कुरामा परिवर्तन गरायो र अझै परिवर्तमा सुधार गर्ने निश्चित छ । कतिपय मानिसहरुले ठट्टा गर्दै भन्र्थे देशका मानिसकहरु भन्दा गरिब देशका मानिसहरु बलिया हुन्छन् भन्ने कुरा होकी क्याहो जस्तो अनुभूति भएको छ । यस्तै मानिसहरुले चिडियाघरमा बस्ने र बस्दाको जीवन कस्तो हुँदोरहेछ भन्ने कुराको समेत गरेका छन् । यतिमात्र नभई पैसाभन्दा ठूलो केहि छैन भन्ने भ्रम पाल्नेहरुका लागि पनि पैसाभन्दा ठुलो कुरा खानेकुरा पो रहेछ भन्ने भवनाको विकास गराएको छ । त्यस्तै भविष्यमा यस्ता खतराहरु निम्तिन सक्छन् त्यसैले सधैँ तयार रहनुपर्छ । मानिहरुको खानपान प्राकृतिक हुनुपर्ने र सधैं सरल जीवन हुनुपर्ने कुरालाई पनि यो महामारीले पाठ रुपमा सिकाएको छ ।

विकल्पको खोजी :
कोरोना भाइरसले नेपालजस्तो विकासोन्मुख देश मात्र होईन, युरोपका विकसित देशहरुलाई पनि आक्रान्तमा परेको । भोली यस्ता अवस्थाहरु आउन सक्छन है भनेर होशियार तथा पूर्व तयारी गर्नुपर्दो रहेछ भन्ने सबैले महशुस गरेका छन् । शिक्षा,स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा अहिले जे जति प्रभाव परेको छ यसले विश्वको अर्थतन्त्र पुर्ण पहिलेका अवस्थामा आउन अब वर्ष लाग्ने हो अहिलेसम्म ठोस अनुमान आभको छैन । तर यस्ले प्रभाव संगै लगानीका लागी नयाँ अवसर र नयाँ विकल्प खोज्न सकिने अवस्था पनि सिर्जना भएको छ । लकडाउन सुरु भएपछि वातावरणको क्षेत्रमा पनि सुधारका लक्षणहरु छन् ।

हावा धुलो धुवाको मात्रा मात्र घटेको छैन् वर्षौ देखि वनजड।्गल र गुफा, प्वालमा बस्ने जीवहरु पनि बाहिर निस्केर अनुपम प्रकृतिको आभास गरिरहेका छन् । मानिसहरुको क्रियाकलापले गर्दा वातावरणमा कतिसम्म असर परेको रहेछ र वातावरण प्रतिकु्ूलका क्रियाकलापहरु कम गरे वातावरण पनि स्वच्छ हुने रहेछ भन्ने कुरा समेत छर्लङ्ग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्