युवा र राजनीति

युवा र राजनीति

म एउटा सामान्य युवा हुँ र मलाई नेपाली राजनीतिमा चासो छ । त्यहि भएर म समचार दैनिकी रुपमा हेर्ने गर्छु । म प्राय प्रधानमन्त्री, मन्त्रि, लगायत सत्ता मा हुने ठुला देखि साना सम्मको अन्तर्वार्ता हेर्छु । वडादेखि नगर, नगर देखि सहर सबै तरिका को गतिविधिहरु आजकाल सामजिक संजालमा देखिनै राखिएको हुन्छु।

म प्रायः प्रधानमन्त्री, मन्त्रि, लगायत सत्तामा हुने ठुला देखि साना सम्म को अन्तर्वार्ताहरु हेरेर एउटा राम्रो उर्जा र जोश आफुमा पाउने गर्छु । हाम्रो प्रधानमन्त्री र उहाँको सहकर्मी साथीहरुले धेरै संघर्ष गर्नुभयो । त्यो संघर्षले हाम्रो देशमा एउटा ठूलो क्रान्ति, उर्जा, जागर सिर्जना लयायो जसलाई हामी लोकतन्त्र गणतन्त्र भन्छौ। यो मुक्ति हामी देशवासी जनता र देशमा रहनुहुने देशभक्त को लागि गर्ब र निरंग्कुरता सासनको अन्त्य हुनु हो। यो हाम्रो नयाँ शासन पर्नालिले हाम्लाई स्वतन्त्र भएर बाच्नु प्रेरित गर्छ र हाम्रो बिचारलाई रोकतोक गर्दैन।

यो माथि को अनुन्छेद मेरो लागि, हम्रोलागिी नै हो र हामी यसमा समर्पित छौ। तर प्रश्न अहिले आयो कि मेरो र हाम्रो नयाँ लोकतन्त्र गणतन्त्रलाई स्वादिलो बनाऊन मेरो र हाम्रो प्रतिनिधिको भूमिकाहरु के कस्ता हुदै छन् त रु
हामीले माथिको प्रश्नको उत्तर एकमात्र पाउने गर्छौ । त्यो हो सपना । यो प्रश्न उत्तरको खेलमा सन्दर्भ युवातर्फनै आकर्षण हुन्छ, कुराहरु केलाउदै अन्तिममा युवाहरु देशको भविष्य भन्दै प्रश्न को उत्तर पाऊछौ ।

सरकारमा रहे मात्र देश बिकास गर्ने जस्तो गर्ने नेताज्यूहरु अनि युवाहरुले देशमा नै केहि गर्नुपर्छ भन्ने भाषण, युवाहरु बिदेसिनु हुदैन, युवाको जोश जाँगर आफ्नै देशमा प्रयोग गर्नुपर्छ, तपाई युवाहरु केहि नयाँ गर्नुस र आफ्नो जीवन यहि देशमा निर्यात गर्नु पर्छ भन्दै बकम्फुसे भाषण धेरै सुनिन्छ। कुराहरु सुन्दा राम्रो सुनिने तर कामप्रति जिमेवार अलिक कम भएकाले हामी के लोकतन्त्र गणतन्त्र भन्दा धेरै पछि छैनौ र !
जनआन्दोलन गरिम् मधेश आन्दोलन गरिमर जेल जीवन भोगिम् भनेर आफ्नै दुःख बेथा मात्रै कति सुन्नु। कुरा मात्र गर्ने अनि अनुपालाना गरेको कहिले हामीले देखने रु नेतृत्वमा बस्नु हुनेहरुले यस्तै बकम्फुसे कुरा र भाषण गरेर हाम्रो समाजलाई फेरी पछाडी धकल्दिनुत् भाको छैन  र ! लगायत हामी युवाहरु लाई आफु जस्तै बनाउनन प्रेरित गर्दै त होइन र ?

हामी सबै जनालाई योग्य युवाहरुलाई अब पालो र मौका लिने बेला समय अनुसार आउँछ। हाम्रो नेतृत्वमा भएको सरकारले बकम्फुसे कुराहरु गरेको देख्दा मनमा जोसिला युवालाई क्रान्ति को नयाँ ज्वाला अवश्नै फूटछ। अगिल्लो पुस्ताको दर्शन पुरानो भयो आब नया पुस्ता चाहिन्छ भन्ने बुझ्नु पर्छ।

कमिहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्