कोरोनाले सिकायो कौसी तरकारी खेती गर्ने पाठ

कोरोनाले सिकायो कौसी तरकारी खेती गर्ने पाठ

एन्जु शिवाकोटी
विराटनगर । कोरोना भाइरस संक्रमणको महामारीलाई नियन्त्रण गर्न सरकारले चैत्र ११ गतेबाट लकडाउन लागु ग¥यो । जसका कारण व्यस्त रहने सबै मानिसहरु घरमै बस्न बाध्य भए ।


कोरोना भाइरसको प्रभाव गाँउघरमा कमै भएपनि बजार क्षेत्रमा धेरै प¥यो । नकरात्मक प्रभाव सँगसँगै सकरात्मक प्रभाव समेत पारेको छ कोरोनाले । सबै फुर्सदमा भएका कारण बजार क्षेत्रका प्राय घरमा कौसी तरकारी उत्पादनको लहर चल्यो । मानिसहरु लकडाउने घरबाट बाहिर निस्कने वातावरण नभएपछि समयको सदुपयोग गर्दै घरको बरान्डा तथा कौसीमा तरकारी लगाउन व्यस्त भए । त्यती मात्र नभई सामाजिक सञ्जालमा कसले बढी तरकारी फलाएको भनेर फोटो पोस्ट गर्ने प्रतियोगिता अप्रत्यक्ष रुपमा भयो ।

कसैले रहरले, कसैले समयको सदुपयोगका लागि तकसैले आवश्यकताका लागि तरकारी लगाउन सुरु गरे पनि कौसी तरकारी खेतीको ट्रेन चल्यो । सुरुवात कौसी तरकारी खेतीको जसरी भए पनि सबैको निचोड एकै निस्यो कौसी खेती आवश्यक छ, जसले अरुमा निर्भर पर्नु पर्दैन ।
बजारका अधिकांश घरमा तरकारी लगाउने बारी छैन त्यसैले उसले तरकारी किनेर खानु पर्ने अवस्था छ । तरकारीको भाउ दिन प्रतिदिन आवश्यक छ ।

 

अझ यो समयमा त बजारमा किनेर तरकारी खान पनि गाह्रै छ । सबैको आर्थिक अवस्था लकडाउनले डामाडोल बनाइदिएको छ । हाल लकडाउ खुले पनि आर्थिक समस्याको साथसाथै तरकारीको उच्च छ । जसको समाधानको उपाय कौसी तरकारी खेती बन्न सक्छ ।
घरको छत बरान्डा तथा कौसीमा बाथ टब, प्लाष्टिकको बोटल, बाल्टिन, बाटा तथा गेलेन थर्मोकोल(माछा राख्ने भाडो)लगायतका भाडामा माटो भरेर तरकारी फलाउने तथा अन्डाको क्रेटमा प्याजको साग उमार्ने गरेको पाइन्छ ।

कौसी खेती गर्दा थर्मोकोलको बढी प्रयोग गरेको पाइन्छ । थर्मोकोलमा माटो भरेर कौसी खेती गर्दा माटो बढी लाग्नुको साथै घरलाई लोड बढी हुन जान्छ । त्यसको विकल्पको रुपमा प्लाष्टिक ब्यागको प्रयोग गर्न सकिने जानकारी जेटिए सन्जु सिवाकोटीले बताइन् । जुन एग्रोभेटमा सजिलैसँग पाउन सकिन्छ ।

यस्ता ब्यागमा तरकारी उत्पादन गर्दा नरिवलको जटाको धुलो, गड्यौला मल र कम्पोष्ट मलको प्रयोग गर्न सकिने सिवाकोटीले बताइन । जसको प्रयोगले तरकारी फस्टाउनुको साथै घरको लोड पनि कम हुने उनको भनाई छ ।

विराटनगर १० स्थायी घर भएकी सरोजा देवी श्रेष्ठले लकडाउ यता आफ्नो घरको छतमा कौसी तरकारी खेती गर्दै आएकी छन् । छतमा बोडी, करेला, घिरौला, टमाटर तथा खुर्सानी फलाएको उनले बताइन् । उनी भन्छिन्,‘तरकारी लगाउन समय थिएन लकडाउन भन्दा पहिला भन्दा पनि आइडिया थिएन मसित ।’ ‘धेरै समय पनि दिनु पर्ने रहेनछ । बिहान बेलुका एकछिन बारीलाई समय दिए पनि अरुबेला पसलमा हुन्छु ।’ यसरी खेती गर्न समय पहिला भइपनि गर्नु पर्छ भन्ने सोच नभएको तर लकडाउने कौसी खेती सजिलै गर्न सकिने पाठ सिकाएको उनले बताइन् ।

त्यसै गरी, विराटनगर १२ की रमिला बस्नेत पेशागत हिसाबले बैंकमा काम गर्छिन । उनी भन्छिन,‘ साथिहरुले फेसबुकमा आफ्नै बारीको तरकारी भनेर पोट गरिरहनु हुन्थ्यो । त्यो देखेर मलाई पनि तरकारी आफ्नै घरमा लगाउन मन लाग्यो । ताजा अर्गानिक तरकारी खान पानिने र घरको वातावरण पनि स्वच्छता हुने भएकाले मैले पनि तरकारी लगाउन सुरु गरेकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्