शनिबारदेखि अनलाईन स्विमिङ्ग कोर्ष

शनिबारदेखि अनलाईन स्विमिङ्ग कोर्ष

काठमाण्डौं । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट हुने भएको छ ।

श्रावण १७ र १८ गते (अगष्ट १ र २) दुई दिनसम्म संचालन हुने अनलाईन कोर्समा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गरिने छ । सिङ्गपुरका प्रशिक्षक युगिन लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गर्ने छन् । लि वल्र्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् ।

पौडी प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण र पौडी सम्वन्धि प्राविधिक ज्ञानका कारण पौडी खेलाडीमा प्रभावकारी ज्ञान प्रदान गर्न मद्धत पु¥याउने कोर्सको उद्धेश्य रहेको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ ।

वल्र्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स संचालन गरिसकेको छ ।
ट्राईयाथलन पौडी, साईक्लिङ्ग र दौडको मिश्रीत खेल हो । कोर्समा ट्राईयाथलन संग सम्वन्धित २५ प्रशिक्षकहरुले प्रशिक्षण लिने यसले पौडी र ट्राईयाथलन दुवै खेललाई मद्धत पुग्ने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्