जगदम्बाका प्रमुख कार्यकारी अधिकृतको कोरोनाको कारण मृत्यु

जगदम्बाका प्रमुख कार्यकारी अधिकृतको कोरोनाको कारण मृत्यु

विरााटनगर। जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको हो ।

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले मृत्युको विषयमा जानकारी दिर्दै मुटुको रोगी भएका कारण कोभिड संक्रमणपछि अवस्था गम्भीर भएको बताउनुभयो । आईसीयु र भेन्टिलेटरमा समेत राखेर उपचार गरिएपछि बचाउन नसकिएको हो ।

मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।

बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । योसँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि बाराका २, रौतहटका १ र १ जना बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्