वाह हाम्रो समाज !

वाह हाम्रो समाज !

एन्जु शिवाकोटी
भनिन्छ–मानिसको उचाई उसको उमेरसँगै बढ्दै जाने शरिरले होइन उसको कर्मले मापन गरिन्छ । मानिसको लम्बाईले भन्दा पनि उसको कर्मको उचाई कस्तो छ त्यो कुराले महत्व राख्छ । टिकटिक गर्दै चल्ने घडीको सुईसँगै फन्को मारेका समय झैँ हाम्रो दिमागले पनि परिवर्तनको फन्को मार्नु जरुरी छ ।

हामी मानव जीवनको महत्वपूर्ण कुरा शिक्षा हो । शिक्षासँग जोडिएको हाम्रो संस्कार, संस्कृतिले सकारात्मक र नकरात्मक सोचको विकास गर्ने गर्छ । समयसँग पौँठेजोरी खेल्दै समयसापेक्ष सकरात्मक परिवर्तनतर्फ उत्प्रेरित हुनुपर्छ । जसले सफलताको मार्गनिर्देशन गर्ने गर्छ ।

के हाम्रो समाज सकरात्मक सोच राख्छ त ? कदापि राख्दैनन् हाम्रो समाज । आलोचनात्मक सोच र विचारको प्रवृतिले जरा गाडेर बसेको छ ।
अरुको कमीकमजोरी केलाउन, असफलता तथा अयोग्यताहरु खोतल्न र त्यसको टिप्पणी गर्न साह्रै रमाइलो लाग्छ मानिसलाई । आम मानिस अरुको नकरात्मक कुरालाई बढाँईचडाई गरेर कुरा गर्ने गर्छन । उनीहरुलाई लाग्छ ठुलै काम गरे भन्ने, त्यसैले बढो आनन्दका साथ अरुको टिप्पणी गरिरहेको हुन्छन् । तर त्यसले पार्ने दुरगामी असरको बारेमा किन सोचिदैन । जबकी नकरात्मक सोचले समाज अगाडी बढ्दैन भन्ने थाहा छ ।

हालको समयमा कोभिड १९ महामारीका कारण सबै त्रासपूर्ण जीवन बिताउन बाध्य छन् । दिनप्रतिदिन समस्या थपिदै जाँदै छ । मानिसले मानिसलाई गर्ने व्यवहार फरक भएको छ । हाँछिउसम्म गर्दा पनि उसलाई दुरव्यवहार गर्ने गरिन्छ । अझ विदेशबाट आएका आफन्तहरुलाई हेय दृष्टिले हेर्ने गरिन्छ ।

विराटनगरको अवस्थाको कुरा गर्ने हो भनी झन वातावरण विकराल बन्दै गइरहेको छ । फेरी लकडाउन सुरु भएको छ । कोरोना भाइरसका संक्रमितहरु दिन प्रतिदिन बढ्दै जादैछन् ।
तर हाम्रो सोचाएमा केही परिवर्तन भने आएको छैन । सरकारले यो गर्नु पर्ने त्यो गर्नु पर्ने गरेन । काम नलाग्ने सरकार, अस्पतालमा विरामीप्रति जिम्मेवार बनेनन् स्वाथ्यकर्मी, सुरक्षाकर्मीको मनपरी यी सब कुरा गरेर कहिल्यै हामी थाकेनै ।

अरुले केही गर्न सकेनन्, हामीले चाँही के ग¥यौ त ? मास्कको प्रयोग गरियो चिउँडो मुनी लगाएर । घरबाहीर ननिस्क भनियो विना काम लुखुरलुखुर कुदियो । सामाजिक दुरी काम गर भनियो तर भीड बनाएर बेतुकका गफ गरियो काम न लाग्ने सबै भन्दै । अरु काम नलाग्ने गैरजिम्मेवार तर म सहि कसरी भए ?

यदि सबै नेपालीहरुले पालना गर्नुपर्ने नियमहरुको सहि तवरले पालना गरेको भए यस्तो त्रासपूर्ण वातावरण सृजना हुने थिएन । यो अवस्थाको जिम्मेवार तपाई हामी सबै छौं । तर पनि अझै अरुको नै टिकाटिप्पणी गरिरहेका छौं । वाह हाम्रो समाज ! वाह हाम्रो सोच ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्