प्रचण्डसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’

प्रचण्डसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बाहिरी घेरामा खटिने छ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको अध्यक्ष दाहालका निजी सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । कुपण्डोलमा रहेको बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्