संक्रमण जोखिम क्षेत्रमा आईसोलेशन थपिदैं

संक्रमण जोखिम क्षेत्रमा आईसोलेशन थपिदैं

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा आईसोलेसन केन्द्र थप गरिने भएको छ ।
कोभिड १९ संक्रमण नियन्त्रणका लागि पोजेटिभ देखिएका तर लक्षण नदेखिएका संक्रमितहरु राख्नका लागि सम्बन्धित स्थानीय तहमै आईसोलेशन केन्द्र स्थापपना गरिने भएको हो ।

बुधबार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले संक्रमितको संख्या धेरै भएका स्थानीय तहमै आईसोलेशन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री जीवन घिमिरेले आईसोलेशन केन्द्र थप्ने विषयमा तत्काल योजना बनाइने बताउनुभयो ।

समूहगत संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन प्रभावकारी बनाउने, सीमा सुरक्षालाई कडाईका साथ प्रभावकारी बनाईने, संक्रमण जोखिम क्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउने, होम आईसोलेसन र आईसोलेसन स्थलको व्यवस्थापन प्रोटोकल बमोजिम नियमित गर्ने निर्णय भएको छ ।

लक्षण देखिएकालाई उपचारका दायरामा ल्याउने र लक्षण नदेखिएकालाई आईसोलेसन र होम आईसोलेसनमा राख्नुपर्ने अवस्था आएको मन्त्री घिमिरेको भनाई छ । त्यसका लागि स्थानीय पालिकाहरुले नै आईसोलेशन केन्द्र स्थापना गर्ने र सम्पर्क पहिचानमा परेकाहरुलाई समेत राख्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताइएको छ ।

मन्त्रालयमा बसेको विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको समेत उपस्थिति रहेको थियो । बैठकले महानगरपालिका क्षेत्र भित्र आवश्यक आइसोलेशन निर्माणको तयारीका गरिने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, प्रदेश १ प्रयोगशाला प्रमुख जयवेन्द्र यादव, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहतासहितको उपस्थितिमा भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्