जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु , १३ जना घाइते

<span class='c1'>जन्ती बोकेको बोलेरो र ट्याक्टर ठोक्किँदा एक</span> <span class='c2'>जनाको मृत्यु , १३ जना घाइते</span>

नवलपुर । नवलपुरको मध्य विन्दु नगरपालिका–११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

कावासोती नगरपालिका–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ८ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ती मध्य अस्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको डिएसपी पण्डिते बताए ।

दुर्घटनामा परि घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का मिलन चौधरी, प्रिन्स विक, रविन चौधरी, रिजन चौधरी, गुलसन थापा, विशाल शर्मा, श्याम चौधरी, युवराज चौधरी र सुमेन्द्र चौधरी तथा मध्य विन्दु नगरपालिका–१० का आदेश आले रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्