वडा अध्यक्षकै संलग्नतामा आक्रमण भएको रंगेलीका स्थानीयको आरोप

वडा अध्यक्षकै संलग्नतामा आक्रमण भएको रंगेलीका स्थानीयको आरोप

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ५ मा लकडाउन कडाई गर्ने क्रममा प्रहरीले स्थानीयवासीमाथि लाठि चार्ज गरेको विषयमा वडा अध्यक्षको समेत संलग्नता रहेको स्थानीयले आरोप लगाएका छन् । बुधबार रंगेलीको ५ नम्बर वडाका ५ जना स्थानीयलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि वडाभर लकडाउन कार्यन्वयनमा कडाई गर्ने निर्णय गरिएको थियो ।


त्यस क्रममा प्रहरी चौकि (ख) आमगाछिबाट खटिएको प्रहरी टोलिले स्थानीयमाथि अन्धाधुन्ध लाठि प्रहार गरेपछि विवाद उत्पन्न भएको हो । प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गरेपछि आक्रोशित स्थानीयले राति नै स्थानीयले प्रहरी कार्यलय घेराउ गरेका थिए । त्यस क्रममा स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले एक राउण्ड हवाई फायर समेत गर्नु परेको थियो ।

वडा कार्यपालिकाले बिहीबारदेखि लकडाउन कडाई गर्ने निर्णय गरेपछि जनप्रतिनिधि र प्रहरी टोलि टोलटोलमा पुगेका थिए । उनीहरुले बुधबार साँझ सर्वसाधारणलाई पूर्व सुचना गराउनु पर्ने भएपनि लाठि चार्ज गरिएपछि त्यसको चौतर्फी आलोचना भएको हो ।

 


बुधबार साँझ प्रहरी तथा वडा अध्यक्ष महानन्द मंण्डलसँगै गएर घरको आँगन तथा खेतबाट आउँदै गरेका बृद्घ, बालबालिका तथा युवाहरुमाथि लाठि प्रहार गरेको स्थानीयको आरोप छ । आपगाछीका सई सन्तोष यादव र असई भुट्कन यादवसहितको प्रहरी टोलि गाउँमा पुगेको थियो ।

त्यस क्रममा प्रहरीको लाठि चार्जबाट बिरेन्द्र मंण्डल, मोतिलाल मंण्डल, रमेश मंण्डल, अनुज मंण्डलसहित ३० जना स्थानीयलाई कुटपिट गरिएको थियो । आक्रोशित समूहले प्रहरी कार्यालय घेराउ गर्ने क्रममा भएको झडपमा सई सन्तोष यादव र असई भुट्कन यादव घाइते भएका छन् । घाइते उनीहरुलाईको उपचारसँगै जिल्ला प्रहरी कार्यालयमा झिकाइएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्