पीयूबाट ५२३ जना डिस्चार्ज भईसके, विराटनगरका ६ पत्रकार संक्रमणमुक्त

पीयूबाट ५२३ जना डिस्चार्ज भईसके, विराटनगरका ६ पत्रकार संक्रमणमुक्त

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँस्थित कोभिड आईसोलेशन केन्द्रबाट कोरोना संक्रमण मुक्त हुनेको संख्या ५२३ पुगेको छ ।
लक्षणबिहीन पुरुष संक्रमित भर्ना गरिने आईसोलेशन केन्द्रबाट बिहीबार अपरान्ह मात्रै ४९ जना डिस्चार्ज भएका छन् ।

बिहीबार १२ वर्षदेखि ४९ वर्ष उमेरसम्मका संक्रमितहरु डिस्चार्ज भएको पीयू कोभिड अस्पताल प्रशासनले जानकारी दिइएको छ ।
संक्रमणपछि उपचारका लागि भर्ना भएकामध्ये मोरङका १६ जना, झापाका ११ जना, सुनसरीका ८ जना, इलामका ३ जना, धनकुटाका १ जना रहेका छन् । मोरङका १६ जनामध्ये विराटनगर महानगरपालिका १५ जना रहेका छन् ।

पीयूको आईसोलेशनमा हालसम्म ५९७ जना भर्ना भईसकेका छन् । भर्ना भएकामध्ये धरानस्थित वीपीमा ८ जना र विराटनगर कोभिड उपचार केन्द्रमा १ जनालाई रेफर गरिएको छ । अस्पतालमा ६५ जना उपचाररतः रहेका छन् ।

विराटनगरका ६ पत्रकार निको भएर घर फर्किए

विराटनगर । विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएर घर फर्किएका छन् ।
कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना उद्घोष दैनिकमा आवद्ध हुनुहुन्छ । पत्रकारहरु मोहन भण्डारीसहित कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त हुनुभएको हो ।
पाँच जना मध्ये दुई जना होम आइसोलेसनमा बसेर उपचार गर्नुभएको थियो भने चार जना बैजनाथपुर स्थित आइसोलेसन सेन्टरमा बसेर स्वास्थ्य लाभ गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्