विराटमा कोरोना संक्रमित उपचारका लागि ६० शैयाको आईसोलेशन

<span class='c1'>विराटमा कोरोना संक्रमित उपचारका</span> <span class='c2'>लागि ६० शैयाको आईसोलेशन</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा रहेको विराट मेडिकल टिचिङ्ग हस्पिटलले कोरोना संक्रमित उपचारका लागि ६० शैयाको आईसोलेशन सञ्चालनमा ल्याएको छ ।
मेडिकल कलेजहरुले अस्पतालका बेड संख्याका आधारमा २० प्रतिशत शैया संक्रमित उपचारका लागि आईसोलेशन बनाउन सरकारले दिएको निर्देशन अनुसार प्रदेश १ मा यो प्रावधान अपनाउने विराट पहिलो अस्पताल बनेको छ ।

अस्पतालले बिहीबार एक कार्यक्रम आयोजना गरि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेबाट आईसोलेशन सेवा शुभारम्भ गरेको हो । अस्पतालका कार्यकारी उपाध्यक्ष डेनिस कार्कीले अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीसहित सर्वसाधारण संक्रमित भएको अवस्थामा भर्ना गरेर स्वास्थ्य उपचार गरिने बताउनुभयो ।

बुढीगंगा गाउँपालिका र टिचिङ्ग हस्पिटलको सहकार्यमा संचालनमा आएको आइसोलेनमा महिला पुरूषको लागि छुटा–छुटै वार्ड रहेको कार्कीले जानकारी दिनुभयो । वातानुकुलित आइसोलेशन वाडमा फ्रि वाइफाइ जडान गरिएकोे छ । बायोमेडिकल वेस्ट म्यानेजमेन्टको सम्पूर्ण नियमको पूर्ण पालनमा गरेर संक्रमित राखेर उपचार गरिने आइसोलेशन संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।

आवश्यक उपचार सामाग्री बाहेक आवश्यक जनशक्ति तथा व्यवस्थापनमा दैनिक १ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आइसोलेशन संचालनको लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्ने अस्पताल सञ्चालकले आग्रह गरेका छन् ।

विरामीको लागि दैनिक चार पटक अस्पतालको क्यान्टिनबाट पोषणयुक्त आहारको व्यवस्था गरिने भएको छ । अस्पतालले संचालनमा ल्याएको आइसोलेशन २० जना अस्पताल भित्रको कर्मचारीको लागि र ४० जना सर्वसाधारणको लागि छुट्याइएको छ । आईसोलेशनमा एकजना गर्भवतिसहित चारजना संक्रमित उपचाररतः रहेका छन् ।
विराट मेडिकल जस्तै नोबेल मेडिकल कलेजले समेत पीसीआर मेशिन जडान गरिरहेकोले चाँडै आईसोलेशन सञ्चालनमा ल्याउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्