विराटनगरमा होम आईसोलेशनमै संक्रमितको मृत्यु

विराटनगरमा होम आईसोलेशनमै संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेशनमा बसेका एकजनाको मृत्यु भएको छ । विराटनगर–६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिनुभयो ।

सुगर र प्रेसरका समेत विरामी उनको ३ दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि घरमै बसेका उनको हिजो बेलुका निधन भएको वडा अध्यक्ष कामतले जानकारी दिनुभयो ।

घरमै मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाईसकिएको अध्यक्ष कामतले जानकारी दिनुभयो । नेपाली सेनाको टोलि आउँदै छ भन्ने सुचना छ, वडा अध्यक्ष कामतले भन्नुभयो–स्थानीय प्रशासन र महानगरलाई जानकारी गराईसकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्