विराटनगरका संक्रमितको घर निर्मलीकरण गरिदिदैं नेकपा महानगर

<span class='c1'>विराटनगरका संक्रमितको घर निर्मलीकरण</span> <span class='c2'>गरिदिदैं नेकपा महानगर</span>

विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणमा परी होम आईसोलेशनमा बसेका विराटनगर महानगरपालिका भित्रका नागरिकको घरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महानगर कमिटीले निर्मलीकरण सुरु गरेको छ ।

समुदायमा संक्रमण फैलिन नदिन संक्रमितका घरघरमा पुगेर निर्मलीकरणको काम शुक्रबार औपचारिक रुपमा सुरुवात गरिएको हो ।


महानगर कमिटीले शुक्रबार विराटनगर ३ पुष्पाञ्जली टोलमा संक्रमित बसेको घर निर्मलीकरण गर्दै अभियान शुभारम्भ घएको घोषणा गरेको छ । आरती स्ट्रिप्स्मा कार्यरत कामदार संक्रमित भएपछि उहाँको घरलाई निर्मलीकरण गरिएको थियो ।

महानगरका अध्यक्ष सागर थापाका अनुसार प्रत्येक वडा कमिटीलाई परिचालन गरी आफ्नो वडाका संक्रमितको घरलाई निर्मलीकरण गर्ने र जनताको सुखदुःखमा पार्टीको साथ रहेको जानकारी दिने काम सुरु गरिएको हो । निर्मलीकरणको यो अभियानले संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिने विश्वास नेकपा महानगर कमिटिले लिइएको छ ।

संक्रमणका कारण घरमै बसेका नागरिकलाई सुखदुखको साथीको रुपमा चिनाउन समेत यो अभियान सफल हुने विश्वास राखिएको नेकपा महानगरका सचिव हेम कार्कीले बताउनुभयो ।
शुक्रबार विराटनगर ३ मा एउटा घर, वडा ४ मा दुई वटा घर र वडा नम्बर ५ मा केही घरहरुमा निर्मलीकरण गरिएको छ । यो अभियान निरन्तर जारी राख्ने र सबै पार्टी सदस्यहरुलाई जनचेतना अभिवृद्धि गर्दै संक्रमितहरुको सुरक्षामा सामाजिक सहजता र चेतना फैलाउन निर्देशन समेत गरिएको छ ।

विराटनगर महानगरपालिकामा अहिलेसमम ७७४ जना कोरोना संक्रमित भइसकेको र ९ जनाको मृत्यु भएको छ । शुक्रबार संक्रमण पुष्टि भएका समेत गरि होम आईसालेशनमा मात्रै ३७० जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्