विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नोबेलमा कार्यरत दुईजना कर्मचारी र एकजना नर्समा शुक्रबार संक्रमण पुष्टि भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
नोबेलमा आज थपिएकासँगै संक्रमितको संख्या २१ पुगेको छ । पाँचजना चिकित्सक, फार्मेसी चारजना, कर्मचारी चारजना र बाँकी स्टाफ नर्स छन् ।