विराटनगरमा निषेधाज्ञा: अन्य दिन भन्दा सडक शुन्य (फोटो फिचर सहित)

<span class='c1'>विराटनगरमा निषेधाज्ञा: अन्य दिन भन्दा सडक</span> <span class='c2'>शुन्य  (फोटो फिचर सहित)</span>

विराटनगर । विराटनगरमा पछिल्लो पटक कोरोनाका संक्रमित अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यलय मोरङमा शुक्रबार बसेको सिसिएमसीको बैठकको निर्णपछि विराटनगर लगायत आसपासका गाँउपालीका र नगरपालीकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञा जारी भएसँगै विराटनगरका सडकमा अन्यदिन भन्दा आज सर्वसाधरणको चहलपहल भने देखिएको छैन । सडकमा मानिसको आवतजावत पनि कम देखिएको छ । आम सर्वसाधरणले लकडाउनको पालना नगरेपछि प्रशासनले निषेधाज्ञा जारी गर्न वाध्य भएको हो ।
निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक सेवा बाहेकको आवतजावतलाई निषेध गरिएको छ । 'निषेधाज्ञामा सधैं झैं लकडाउन कै स्वरुपमा तर अझ बढि कडाई गरिएको छ' मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
निषेधाज्ञाको नियमको पालना अटेर गर्ने जो कोहिलाई कारबाही हुने समेत खड्काले आवर विराटनगरलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो "अनावश्यक रुपमा घर बाहिर निस्कनका लागि पूर्ण प्रतिबन्ध लगाइएको हो ।" उहाले थप्नुभयो ‘आज विहानको अवस्था देखेर नगरवासीले हामीहरुलाई सहयोग गरेको महशुस गरेको छु ।’

यद्यपी आज शनिवार अझ बिहान र दिउसोको समय विराटनगर प्राय शन्य नै देखिने गरेको छ । निषेधाज्ञाको वास्तविक परीक्षण साँझ ५ बजेपछी वा भोली आइतबारपछि हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्