विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी उपचार पद्धतिबाट उपचारतः एकजना कोरोना संक्रमितको शनिबार दिउँसो मृत्यु भएको छ ।
धरान १५ निवासी ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा निधन भएको हो । उनमा शुक्रबार राति प्लाज्मा थेपारी गरिएको थियो ।
थेरापीपछि स्वास्थ्य अवस्था सुधार भएपनि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । कोभिड १९ निको भएर घर फकिएका एकजना प्रहरीले उनलाई रगत उपलब्ध गराउनु भएको थियो ।
वीपीमा प्लाज्मा थरापीको दोस्रो केस हो । यस अगाडी पहिलो उपचार सफल भएको थियो । अस्पताल प्रवक्ता डा.निदेश सापकोटाका अनुसार एक सातादेखि अत्याधिक ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएर उपचलाई अस्पतालमा भर्ना गरिएको थियो । साउन २७ गते पीसीआर पोजेटिभ देखिएका उनको आज मृत्यु भएपछि शव व्यवस्थापनको तयारी भईरहेको छ ।
योसँगै प्रतिष्ठानमा अहिलेसम्म १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।