विराटनगर महानगरको आईसोलेशनमा खटिने नर्समा कोरोना संक्रमण

<span class='c1'>विराटनगर महानगरको आईसोलेशनमा खटिने</span> <span class='c2'>नर्समा कोरोना संक्रमण</span>

विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आईसोलेशनमा खटिने एकजना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । महानगरमा ४ बजेसम्म प्राप्त भएको तथ्यांकमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित राखिएको आईसोलेशनमा स्वास्थ्य परामर्शका लागि खटिने नर्समा संक्रमण पोजेटिभ देखिएको हो ।

जसमा विराटनगर २ मा १ महिला १ पुरुष, विराटनगर ४ मा १ पुरुष, ६ मा ३ पुरुष, १६ मा १ पुरुष र ८ मा १ महिलामा संक्रमण पुष्टि भएको महानगर स्वास्थ्य निर्देशक राजेन्द्र कुईकेलले जानकारी दिनुभयो । कोशी अस्पताल विराटनगरको ल्याबमा गरिएको पीसीआर परीक्षणमा नर्ससहित ८ जनामा संक्रमण पुष्टि भएको हो ।

महानगरपालिकाले तीन स्थानमा संक्रमित राख्ने आइसोलेसन बनाएको छ । मारवाडी सेवा सदन, कालि मन्दिर र विराटनगर १९ स्थित स्वास्थ्य चौकीको भवनमा आइसोलेसन सञ्चालनमा छन् ।

यसैगरी नोबेल मेडिकल कलेज विराटनगरमा एकजना नर्स र एकजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार शनिबार थप दुईजनासहित नोबेलमा संक्रमितको संख्या २२ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्