रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा चोकमा बस्दै आएका ७५ बर्षीय शिवचरण यादवका दुबै खुट्टा भाँचिएपछि छ महिना यता ओछ्यानमा छन् ।
बृद्ध अवस्थामा त्यसैपनि कमजोर भर दिने खुट्टा भाँचिएपछि शिवचरणका दैनिकी दुःखमा परिणत भएका हुन् । उनी आफ्नो शारिरीक पीडा मात्रै सहन बाध्य भने छैनन् । आर्थिक अवस्था कमजोर रहेको परिवारमा शिवचरणका दुःख बिसाउन समानै उमेर भएकी श्रीमतीका दिन झन् कष्टकर बन्दै आएका छन् ।
बृद्धा श्रीमती बिमला यादव, ३५ वर्षीय छोरा जोगेन्द्र, २५ वर्षीया छोरी ममतासँगै सातजनाको परिवार एकै घरमा बस्छन् । जोगेन्द्रका श्रीमतीसहित छोरा र छोरी छन् ।
बाबु ओछ्यान परेपछि जोगेन्द्रका दैनिकी स्याहारमै बित्ने गरेका छन् । दुवै खुट्टा गुमाएपछि ओछ्याउनमा उठाउने र सुताउने जोगेन्द्रकै भरमा छन् शिवचरण । एक र दुईवर्षका काखे नानी भएपछि जोगेन्द्रकी श्रीमतीले अर्को कुनै काम गर्ने फुर्सद निकाल्ने संभावना छैन । कमाई गर्ने मान्छे नहुँदा बृद्धा उमेरकी बिमला भने दैनिक मेलापात गएर एक केजी चामल घरमा ल्याउँदै आएकी छिन् ।
ज्यालादारी मजदुरी गरेर बृद्धा बिमलाले ल्याएको रकमबाट चल्ने यादव परिवार वर्षौदेखि ऐलानी जमिनमा बसोबार गरिरहेको छ । कोरोना त्रासका कारण पाँच महिना यताको लकडाउनले यादव परिवारमा समस्याका चाङ्ग अझै बढ्दै गएका छन् ।
छोरी ममताले दुखेसो पोख्दै भनिन् आर्थिक अभावले बुबाको सुरुमै उपचार गराउन सकिएन, पछि लकडाउन लागेपछि अस्पताल पु¥याउने संभावना रहेन । घरमा रहेका साना नानीहरुले दूध पीउन समेत पाएका छैनन् । चामल नहुँदा कुनैकुनै दिन भोकै बस्नुपर्ने पनि आउने गरेको छ ।