काठमाडौं । राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको उद्धार गरिएको छ ।
बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पु¥याइएको हो ।
दुर्गम तथा स्वास्थ्य सेवाको सहज पहुँच नभएका क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँचमा पु¥याई जोखिमपूर्ण प्रसूति अवस्थाबाट जीवन रक्षा गर्ने र मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले मन्त्रालयले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।