विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कोरोना भाईरस (कोभिड–१९) रोकथामका लागि जोखिम मोलेर अग्रमोर्चामा खटिने नेपाल प्रहरीलाई ३०० थान फेसशिल्ड सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल प्रहरीलाई फेसशिल्ड उपलब्ध गराइएको कलेजका प्रिन्सिपल दिपक पोखरेलले जाानकारी दिनु भएको हो ।
प्रिन्सिपल पोखरेलले वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमलाई ३०० थान फेसशिल्ड हस्तान्तरण गर्नु भएको थियो । मोरङमा खटिने प्रहरी कर्मचारीले प्रयोग गर्नमिल्ने गरि डीएसपी गौतममार्फत जिल्ला प्रहरी कार्यालयका लागि सामान उपलब्ध गराइएको हो ।