सुनसरीमा थप एकसाता निषेधाज्ञा

<span class='c1'>सुनसरीमा थप</span> <span class='c2'>एकसाता निषेधाज्ञा</span>

इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप एक साताका लागि निषेधाज्ञाको समय थपेको छ। कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि प्रशासनले थप एक सातालाई निषेधाज्ञा बढाएको हो ।

सुनसरीमा साउन २१ गतेदेखि निषेधाज्ञा जारी सुरु भएको थियो । जिल्ला प्रशासनले निषेधाज्ञाको समय आइतबार थप गर्दै भदौ १४ गते राति १२ बजेसम्म कायम रहने जनाएको हो । प्रशासनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै मानिसको हिँडडुल, पसल, हाटबजार, सवारी साधनलगायत बन्द रहनेछन्।

केही अत्यावश्यक सेवाका कार्यालयहरूमा स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल पालना हुनेगरी थोरै कर्मचारी राखेर काम गर्न गराउन प्रशासनले निर्देशन दिएको छ। सुनसरीमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ४३३ जनामा कोरोना देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्