विराटनगरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया बढ्यो

विराटनगरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया बढ्यो

विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एकवर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभ मूल्यमा सेवा दिनसक्ने बनाउने दावी गर्नुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । उहाँले प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा फैलिएको महामारी देखा परेमा पुन पहिचान गरिने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ । मन्त्रालयले क्याम्पससँग जग्गाप्राप्ति सम्बन्धि आइतबार सम्झौता गरेको हो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्नेे मन्त्रालयका सचिव कार्कीले जानकारी दिनुभयो । आठ महिनामा निर्माण सम्पन्न गर्ने भवन दश करोड लागतमा निर्माण हुने भएको छ ।
सामाजिक विकास मन्त्रालय विराटनगर र त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस बिराटनगरबीच प्रयोगशाला निर्माण गर्ने विषयमा सम्झौता भएसँगै नेपालकै उत्कृष्ट ल्याब बन्नेमा आशा जगाएको छ ।
सेभ द चिल्ड्रेन नेपाल र ग्लोवल फण्डको करिव १० करोड लागतको आर्थिक सहायतामा सम्पन्न हुने यो परियोजना लाई प्रदेश १ मन्त्री परिषद्ले स्विकृत प्रदान गरेको छ । यसबाट प्रदेश १ र २ का नागरिक बढि लावान्भित हुनेछन आशा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्