वीपीमा कोरोना संक्रमितको मृत्यु

वीपीमा कोरोना संक्रमितको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएको अर्का संक्रमितको पनि मृत्यु भएको छ ।
आइतबार साँझ धरान–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो ।

स्वास्थ्यमा केहि सुधार आईरहेको प्रतिष्ठानले यस अगाडी जानकारी दिइएको थियो । शनिबार मात्रै धरान–१५ का ६७ वर्षीय पुरुषको प्याज्मा थेरापी गरिएको भोलिपल्ट मृत्यु भएको थियो ।

सुनसरीको धरानमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मोरङमा मात्रै १३ जनाको मृत्यु भइसकेको छ । मोरङका १३ मध्ये विराटनगरमा ९ जना बुढीगंगा गाउँपालिकाका २, रंगेली र सुनबर्सी नगरपालिकाका १–१ जना छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्