शिवचरणको घरमा पुग्यौं खाधन्य सामग्री

शिवचरणको घरमा पुग्यौं खाधन्य सामग्री

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका–३ का यादव परिवारका लागि खाद्यन्न सहयोग गरिएको छ । दुवै खुट्टा भाँचिएर छ महिनादेखि ७५ वर्षीय शिवचरण ओछ्यान परेसँगै परिवार पाल्न बृद्धा बिमला यादवले मजदुरी गर्दै आएको समाचार ओवीमा प्रकाशित भएको भोलिपल्टै यादव परिवारलाई राहत सहयोग उपलब्ध भएको हो ।


श्रीमान् शिवचरण छ महिनादेखि ओछ्यान लागेपछि समान उमेरकी श्रीमती बिमलाले सातजनाको परिवार पाल्न दैनिक मजदुरी गर्नुपर्ने बाध्यता रहेको छ । परिवारमा दैनिकी चलाउन समस्या परेको समाचार प्रकाशन भएपछि सहयोगी मनहरुले सोमबार घरमै खाद्यन्न उपलब्ध गराएका हुन् ।
नेपाल अटो वर्कसप व्यवसाय संघले ५० केजी चामल, ५ केजी भुजा, २ केजी नुन, ६ पिस साबुन, २ लिटर लेत, ५ प्याकेट सोयाबीन, र नगद पन्ध्र सय रुपैयाँ गरिव परिवारलाई सोमबार उपलब्ध गराएको छ । संघका प्रतिनिधि रमेश थपलिया र विश्वनाथ प्रसाद गुप्ताले उक्त सहयोग उपलब्ध गराउनु भएको हो ।

यसैगरी झापा घर भएका अनिरुद्र श्रेष्ठले २५ केजी चमाल, ५ केजी भुजा र एक काटुन चाउचाउ र रंगेली कास्थानीय ओमकार थापाले दुईजना बालकलाई खुवाउन २ प्याकेट ल्याक्टोजीन, अर्का स्थानीय ब्यापारी अनिल महेश्वरीले एक काटुन चाउचाउ न्यून आय भएका परिवारलाई उपलब्ध गराउनु भएको छ ।

उक्त सामाग्री रंगेलीका सञ्चारकर्मी रबिन्द्र बरालले हस्तान्तरण गर्नु भएको थियो । घरमै खाद्यन्नसहितको सामाग्री उपलब्ध गराएपछि ८५ वर्षीया बिमला यादवले खुशी व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्