विराटनगर महानगरपालिकाको पीसीआर मेशिन आईपुग्यो

विराटनगर महानगरपालिकाको पीसीआर मेशिन आईपुग्यो

विराटनगर । विराटनगर महानगरपालिकामा नयाँ पीसीआर मेशिन आईपुगेको छ । निजी क्षेत्रको सहयोगमा खरिद गरेको पीसीआर मेशिन सोमबार महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको हो ।

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा निजी क्षेत्रले महानगरलाई र महानगरले कोशी अस्पताल विराटनगरलाई मेशिन हस्तान्तरण गरेका हुन् ।

परीक्षणको दायरा बढाउनका लागि महानगरले पीसीआर मेशिन खरिद गर्ने योजना अगाडी सारेको थियो । सार्वजानिक निजी साझेदारी अवधारणा अनुसार खरिद भएको पीसीआर मेशिन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका नविन रिजाललगायतले मेयर पराजुलीलाई हस्तान्तरण गर्नु भएको थियो ।

नयाँ मेसिन जडानपछि विराटनगरमा दैनिक ९ सय जनासम्म पीसीआर जाँच गर्न सकिने दावी गरिएको छ । महानगरको अगुवाईमा खरिद गरिएको मेशिन भने कोशी अस्पतालको ल्याबबाट सञ्चालन हुनेछ ।

पीसीआर मेशिन हस्तान्तरण कार्यक्रममा उपस्थिति हुनु भएका सामाजिक विकास मन्त्री घिमिरेले प्रदेश १ का नागरिकको स्वास्थ्य परीक्षणका लागि थप सहजता हुने बताउनुभयो । उहाँले महानगरमा संक्रमितको संख्या बढ्दै गएको अवस्थामा परीक्षणका लागि आवश्यक पर्ने पीसीआर मेशिन आए लगतै त्यसले प्रदेशलाई नै फाइदा पुग्ने बताउनुभयो ।

मेशिन खरिदका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख, भाटभटेनी सुपरमार्केटले ५ लाख, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले समेत सहयोग उपलब्ध गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्