पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु, ६४ जना थपिए

<span class='c1'>पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको</span> <span class='c2'>मृत्यु, ६४ जना थपिए</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएको छ भने ६४ जना नयाँ संक्रमित थपिएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना र कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ ।
वीपीमा धरान र सिराहा लहानका दुईजना कोशीमा विराटनगरका १ जना गरि तीनजना पुरुषको मृत्यु भएको हो ।

प्रदेश १ सोमबार आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका हुन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बा¥हदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । यसैगरी सिराहा मलाहाना–२ गोविन्दपुरका २२ वर्षीय युवकवर्षीयको पनि वीपीमा मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ बाट १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा सोमबार १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार आज सम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्