विराटनगर । प्रदेश १, प्रदेशसभा सदस्य बिन्धिया कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर कोरोना संक्रमितलाई सहयोग गरेकी छिन् ।
प्रदेशसभा सदस्य कार्कीले सोमबार जन्मदिनको अवसरमा कोरोना संक्रमित भएर घरैमा आइसोलेसनमा बस्दै आएका बिरामीलाई औषधी, खाद्यान्न वितरण गरेकी हुन् ।
विराटनगर महानागरपालिका समुदायस्तरमा नै कोराना भाइरस संक्रमण बढेसँगै हाल निषेधाज्ञाको अवस्थामा छ । उनले आफुलाई जानकारीमा आए अनुरुप कोरोना संक्रमित भएर घरैमा आइसोलेसना बस्दै आइरहेका आर्थिक अवस्था कम्जोर भएकालाई पौष्टिक खाद्यन्न साथै औषधी वितरण गरेकी हुन् ।

केहि दिन अगाडी काम विशेषले आफु काठमाण्डौ गएकी र लकडाउनका कारण घर फर्कन नसके पनि आफ्नो जन्म दिनको दिन आफ्नो क्षेत्रलाई सम्झेको उनले बताईन् ।
उनले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका १५ घर परिवालाई चेवनप्रास, १ क्यारेट अण्डा, हरलिक्स, औषधि। चमल दाल लगायतको खाद्यन्न सामाग्री वितरण गरेकी छिन् । भने सम्पूर्ण कोरोना संक्रमित व्यक्तिहरुलाई उच्च मनोबल बनाएर बस्न आग्रह समेत गरेकी छिन् ।