विराटनगरमा संक्रमित ८३१ जना (कुन वडा बढी प्रभावित)

<span class='c1'>विराटनगरमा संक्रमित ८३१ जना</span> <span class='c2'>(कुन वडा बढी प्रभावित)</span>

विराटनगर । कोरोना संक्रमणबाट सबै भन्दा धेरै प्रभावित विराटनगर महानगरपालिमा संक्रमितको संख्या ८३१ पुगेको छ । दैनिक जसतो संक्रमितको संख्या बढ्दो क्रममै रहेको विराटनगरको जनजीवन समेत प्रभावित नै बनेको छ ।
स्वास्थ्य महाशाखाका अनुसार महानगरपालिकाको वडा नम्बर १२ मा सबैभन्दा बढी संक्रमित देखिएका छन् । एउटै वडामा संक्रमितको संख्या १११ पुगेको छ । यो वडामा नेपाल प्रहरीका धेरै संख्यामा संक्रमित रहेका हुन् ।

प्रदेश प्रहरी र सशस्त्र प्रहरी गण १ नम्बर प्रदेश कार्यालय रानी विराटनगर यही वडामा पर्ने भएकोले यस वडा संक्रमित देखिएको वडाअध्यक्ष हिरालाल कामतको भनाई छ ।
विराटनगर ६ नम्बर वडामा ७६ जना संक्रमित छन् । यस वडामा शनिबार एक जना कोरोना संक्रमित पुरुषको घरमै मृत्यु भएको छ । विराटनगर ९ नम्बर वडामा ७४ जनामा संक्रमण पुष्टि भएको छ । यस वडामा दुई जना कोरोना संक्रमित पुरुष मृत्यु भईसकेको छ ।

विराटनगर ८ मा ६४ जनामा संक्रमण पुष्टि भएको छ । दुई जना पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भईसकेको छ । आइतबार राती कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा र केही दिन अगाडि कोशी अस्पतालको आइसोलेसनमा संक्रमितको मृत्यु भएको थियो ।
विराटनगर १ मा १३ जना, २ मा ४६ जना रहेका छन् । वडा नम्बर २ वडामा एकजना महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

यसैगरी वडा नम्बर ३ मा ५२ जना संक्रमित भईसकेका छन् । एकजना नागरिकको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्मा मृत्यु भएको छ । वडा नम्बर ४ मा २२ जना, ५ मा ५३ जना संक्रमित छन् । ५ वडामा एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।
यसैगरी विराटनगर ७ मा ४० जना, १० मा ३१ जना संक्रमित छन् । १० वडामा पनि एक जना पुरुषको कोरोनाको कारण मृत्यु भइसकेको छ । ११ मा ५३ जना, १३ मा २१ जना, १४ मा १६ जना, १५ मा ४१ जना संक्रमित छन् ।

विराटनगर १५ मा एक जना कोरोना संक्रमित युवाको कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भइसकोे छ ।
महानगरको तथ्यांक अनुसार १६ मा २७ जना, १७ मा २६ जना, १८ मा ४ जना छन् । १९ वडामा अहिलेसम्म संक्रमण देखिएको छैन ।
विराटनगरमा एक महिलासहित १० जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । तर, महानगरको तथ्यांकमा भने ८ जनाको मात्रै मृत्यु भएको उल्लेख गरिएको छ ।

उपचारपछि घर फर्कनेहरुको संख्या २०९ जना पुगेको छ । महानगरले पाँच हजार ९०७ जनाको पीसीआर परीक्षण गरेको छ । पीसीआर परीक्षणलाई अझै बढाउनका लागि भन्दै महानगरले पीसीआर मेशिन समेत खरिद गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्