दक्षिणवर्ती ६ स्थानीय तहमा दिउँसो १२ बजेसम्म बजार खुल्ला रहने

<span class='c1'>दक्षिणवर्ती ६ स्थानीय तहमा दिउँसो</span> <span class='c2'>१२ बजेसम्म बजार खुल्ला रहने</span>

रबिन्द्र बराल

रंगेली । मोरङ जिल्लाको दक्षिणवर्ती छ वटा स्थानीय तहको जनजीवन सामान्य बनाउन बिहान १२ बजेसम्म व्यापार तथा व्यवसाय खुल्ला गरिने भएको छ ।

रंगेली नगरपालिकासहित कटहरी , जहदा , धनपालथान, रंगेली , सुनबर्षि ,  रतुवामाईको संयुक्त बैठक बसी भदौ ११ गतेदेखि १७ गतेसम्मका लागि १२ बजेसम्म व्यापार तथा व्यवसाय खुल्ला गर्ने निर्णय गरिएको हो ।

 

यो निर्णयसँगै  बजार खुल्ने र अन्य कृषिजन्य वस्तुको ओसार–पसार लगायतका काममा सहजीकरण गर्ने निर्णय गरिएको छ । कृृषकका लागि मलखाद पसल सुरक्षा मापडण्ढ अपनाएर २४ घण्टा खोल्ने निर्णय  गरियो हो ।

रंगेली नगरपालिकामा एकै परिवार का १४ जना लाई कोरोना पोजेटिभ देखा परेपछि त्रास फैलिएको थियो । पछिल्लो समयमा रंगेलीमा कोरोना संक्रमितको सख्या घट्दै गएको र केहि मात्रामा नियन्त्रणमा आएको छ ।

नगरपालिकाले साउन १९ गतेदेखि भदौ १० गतेसम्मका लागि वडा नम्बर ४, ५, ६ र ७ पूर्ण रुपमा शिल गरेको थियो ।  अब संक्रमणको जोखिम केहि कमी भएको भन्दै नगरपालिकाले बिहान ६ बजे देखि १२ बजेसम्म पसल बजार र तरकारी बजार भने सामाजिक दुरि  कायम गरेर खोल्ने निर्णय समेत गरेको छ ।

नगरपालिकाले  बजार भित्रका पसलहरु केही मात्रामा खुकुलो गरेर सर्वसाधारण लाई  सजक  भएर पसल तथा भिडभाडमा किनमेल गर्नका लागि अनुरोध गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्