नोबेलको आकस्मिक विभागका ५५ जना स्वास्थ्यकर्मीले दिए राजीनामा

नोबेलको आकस्मिक विभागका ५५ जना स्वास्थ्यकर्मीले दिए राजीनामा

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् ।
कलेजको आकस्मिक विभागमा कार्यरत ५५ स्वास्थ्यकर्मीले मंगलबार राजिनामा दिएका हुन । स्टाफनर्स र पारामेडिक्सले राजीनामा दिएका हुन् ।

समयमा नै पारिश्रमिक नपाएको भन्दै उनीहरुले प्रशासन विरुद्ध दवाव सिर्जना गर्न राजीनामा बुझाएका हुन् । कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्ता पाउनु पर्ने उनीहरुको माग छ ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले पाँचहजार रुपैँया थप गर्नुपर्ने माग गरेका थिए तर अस्पताल प्रशासनले चार हजार मात्रै दिने भनेपछि राजीनामा पत्र बुझाएको दावी गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्