विराट र न्यूरोमा १–१ जना संक्रमितको मृत्यु

विराट र न्यूरोमा १–१ जना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरका दुई निजी अस्पतालमा उपचारतः दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा विराटनगर–११ की ४४ वर्षीया महिलाको र न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्युभएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि टंकिसिनवारीस्थित विराट मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको मंगलबार कोरोना पोजेटिभ आएको थियो । उनलाई मंगलबार दिउँसो नै भर्ना गरिएको विराटका कोभिड–१९ आईसोलेशनका इन्चार्ज डा.पुरुकोइरालाले जानकारी दिनुभयो । उहाँको अवस्था क्रिटिकल नै थियो, डाक्टर कोइरालाले भन्नुभयो–भेन्टिलेटरमा राखेसँगै रिपोर्ट पनि आयो र पोजेटिभ देखिएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि मेडिकल कलेजकै आइसोलेशनमा भर्नाको तयारी भईरहेकै बेला आकस्मिक कक्षमै मृत्यु भएको हो । मृतक महिलालाई निमोनिया भएको थियो ।
शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रक्रिया बढाइएको डाक्टर कोइरालाले जानकारी दिनुभयो ।
यसैगरी न्यूरो अस्पतालमा साउन ३१ गते भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मंगलबार राती ११ बजेतिर मृत्यु भएको हो । अस्पतालका कोभिड १९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतका अनुसार टाउकोको नशा सुकेर प्यारालाईसिसको समस्या भएका पुरुष न्यूरोको

भेन्टिलेटरमा उपचाररतः रहेकै बखत भदौ ३ गते स्वाब संकलन गरिएको थियो ।
क्रिटिकल बिरामीमा केहि लक्षण जस्तो देखियो, संयोजक बस्नेतले भन्नुभयो–त्यसपछि स्वाब संकलन गरेका थियौं, ७ गते रिपोर्ट आउँदा पोजेटिभ देखियो । बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि न्यूरोको आईसोलेशन विभागमा भेन्टिलेटरको सुविधासहित सारिएको बस्नेतले बताउनुभयो ।

उनको मृत्युपछि शव व्यवस्थापनका लागि न्यूरो अस्पताल व्यवस्थापनले जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकालाई जानकारी गराईसकेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले महोत्तरी जिल्ला प्रशासनसँग परामर्श गरेर शव व्यवस्थापनको प्रक्रिया बढाउने जानकारी दिइएको बस्नेतले बताउनुभयो ।

अस्पतालमा संक्रमितको मृत्युपछि उनको शव भने बेलुकै ‘एयर टाइट’ शिल प्याक गरेर राखिएको छ ।
विराटनगरमा मृतक महिलासहित कोरोनाको संक्रमण पुष्टि भएका ९ जनाको मृत्यू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्