विराटनगर । कोभिड–१९ को संक्रमण बिश्वब्यापी भईरहेको बेला स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्दै भोजपुर वडा न.८ का वडा सदस्य गोपाल खत्रीको सक्रियतामा घरदैलदो अभियान चलाइएको छ ।
स्थानीय नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै घरदैलोमा पुगेर मास्क वितरण गरिएको हो । वडाका सबै नागरिकलाई मास्क वितरण गर्दै स्थानीय समाजसेवीसहित जनप्रतिनिधि समेतको उपस्थितिमा सचेतना फैलाइएको सुशील खत्रीले जानकारी दिनुभयो ।