सुनसरीमा कोरोना संक्रमितको संख्या ५३९ पुग्यो

<span class='c1'>सुनसरीमा कोरोना संक्रमितको</span> <span class='c2'>संख्या ५३९ पुग्यो</span>

इनरुवा । सुनसरीमा आज थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो थपिएका ३१ सहित सुनसरीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ सय ३९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

धरान उपमहानगरपालिकामा १ जना पुरुष र १ जना महिला, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २ जना, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष र २ जना महिला, दुहबी नगरपालिकामा ७ पुरुष र ३ महिला, इटहरीमा १ जना महिला र ८ पुरुषमा संक्रमण देखिएको हो ।

सुनसरीमा अहिलेसम्म २ सय २३ जना कोरोना संक्रमित कोरोनामुक्त भएको र ३ सय १३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुनसरीमा अहिलेसम्म १ जना महिला र २ जना पुरुष गरी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना धरान १५ का हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्