संक्रमितको निधन भए शव व्यवस्थापनमा वडाकै टोलि खटिने

संक्रमितको निधन भए शव व्यवस्थापनमा वडाकै टोलि खटिने

विराटनगर । होम आईसोेलेशनमा बसेकै अवस्थामा कोरोना संक्रमित वा आशंका गरिएका व्यक्तिको निधन भए स्थानीय तहले आफ्नै पहलमा शव व्यवस्थापन गर्न टोलि बनाउन थालेका छन् ।
प्रशासनमार्फत शव व्यवस्थापन गर्दा ढिलाई हुने र सामाजिक रुपमा त्यसको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने भएपछि शव व्यवस्थापनका लागि टोलि बनाइएको हो ।

विराटनगर महानगरपालिका वडा नम्बर ३ ले वडा अध्यक्ष बिनोदकुमार बस्नेतको नेतृत्वमा शव व्यवस्थापन समिति गठन गरिएको छ । वडावासीलाई कुनै समस्या परेको अवस्थामा सम्पर्क गर्न चार सदस्यीय सम्पर्क समिति तोकिएको छ ।

वडा सचिव जोगेन्द्र विश्वासका अनुसार कसैले परम्परागत रुपमा धर्म संस्कृति र सामाजिक मान्यता अनुसार शवको अन्त्येष्टि गर्न चाहेको अवस्थामा सम्पर्क राख्न आग्रह गरिएको हो । उहाँका अनुसार होम आईसोेलेशनमा भएका संक्रमितको घरका सदस्य वा संक्रमितकै मृत्यु भएको अवस्थामा वडाको यो टोलिले परिवार तथा आफन्तलाई समेत सहभागी गराएर सामाजिक मान्यता अनुसार अन्त्येष्टि गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्