विराटनगरको न्यूरोले सुरु ग¥यो कोभिड अस्पताल

विराटनगरको न्यूरोले सुरु ग¥यो कोभिड अस्पताल

विराटनगर । विराटनगरको न्यूरो–कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले भेन्टिलेटरसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिएको हो ।

 


बिहीबारदेखि नै सञ्चालनमा ल्याइएको न्यूरोको कोभिड अस्पतालमा जनरलका ४२, आईसीयूका ७ र भेन्टिलेटरका २ शैया रहेका छन् । कोरोना संक्रमणको फैलदो त्रासका कारण संक्रमितको संख्या बढ्दै गएपछि निजी क्षेत्रले कोरोना भाईरस संक्रमणका लागि व्यवस्थित अस्पतालहरु सञ्चालनमा ल्याउन थालेका हुन् ।

न्यूरोका अपरेशन डाइरेक्टर राजेश भट्टराईले लक्षणसहितका संक्रमितहरुले उपचार अभावमा छटपटाई राख्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि अस्पताल सञ्चालनमा ल्याउनु परेको दावी गर्नुभयो । कोरोना संक्रमितको व्यवस्थापन र उपचार सरकार एक्लैले मात्रै संभव नभएको भट्टराईको भनाई छ ।

कोरोना संक्रमण भएको अवस्थामा रकम बुझाएर सुविधा सम्पन्न होटल आईसोलेशनमा बस्नेको संख्या बढेसँगै रकम बुझाएरै उपचार गराउनेको संख्यालाई मध्यनजर गर्दै विराटनगरमा यो दोस्रो अस्पताल सञ्चालनमा आएको हो ।

 

न्यूरो भन्दा अगाडी नै विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले आईसोलेशन सञ्चालनमा आएको थियो । न्यूरो अस्पतालले कोभिड क्राईसिस मेनेजमेन्ट समिति अस्पतालस्तरमै गठन भने सबैभन्दा पहिला गरेको हो । सुविधासम्पन्न न्यूरोको कोभिड अस्पताल बिहीबार नै सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्नु भएको हो । उहाँले निजी क्षेत्रबाट कोभिड–१९ संक्रमित नागरिकको उपचार सुरु भएसँगै यसले समाजको दैनिकीलाई सहजीकरण गर्ने अपेक्षा राख्नुभयो ।


उद्घाटन लगतै न्यूरोको कोभिड अस्पतालमा विरामी भर्ना गरेर उपचार गर्न चाहनेका लागि खुल्ला भएको छ । न्यूरोमा पीसीआर परीक्षण ल्याब, कोभिड उपचार प्याकेज र प्रिमियम प्याकेजको समेत सुविधा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्